१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिरोले चार लघुजलविद्युत् परियोजना बन्द

३० श्रावण २०७४, सोमबार ०४:०३

साउन ३०, म्याग्दी । केही दिनदेखिको अविरल वर्षासँगैको पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविद्युत् परियोजना बन्द भएका छन् । 

दुर्गम ग्रामीण बस्तीमा विद्युत् सेवा पु¥याउँदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपालिकाका एक हजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले बाटो र बाढीले झोलुङ्गे पुल बगाएपछि दुई गाउँ जोड्ने पैदलमार्गसमेत अवरुद्ध बनेको छ । 

पहिरोले विद्युत्गृहमा क्षति पु¥याएपछि मालिका गाउँपालिका–१ मा रहेको ५१ किलोवाट क्षमताको रुमखोला र रूख ढलेर नहर भत्किएपछि सोही गाउँपालिका–४ ओखरबोटमा रहेको ३० किलोवाट क्षमताको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएका छन् । 

दरवाङ–निस्कोट सडकबाट खसेको पहिरो विद्युत्गृहमा पसेर उपकरणमा क्षति पु¥याएपछि रुमखोला लघुजलविद्युत् परियोजना बन्द हुँदा निस्कोट, रुम, ओखरबोट, देविस्थान र दरवाङका सात सय घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । 

दाजुङखोला लघुजलविद्युत् परियोजनाको सय मिटर नहर भत्किएर विद्युत् उत्पादन बन्द हुँदा ओखरबोट, च्युरीबोट, महभिर, इग्रेका तीन सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । धौलागिरि गाउँपालिका–२ लमसुङमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको पाइपलाइन पहिरोले बगाएपछि बन्द भएको छ । 

आर्थिक अभाव र निरन्तर पहिरो खसिरहेकाले परियोजना मर्मत गर्न नसकिँदा लुलाङ, लमसुङ र खोरिया गाउँका ३५० घरधुरी उज्यालोका लागि टुकी बाल्न बाध्य भएका परियोजनाका अध्यक्ष कृष्ण गौचनले बताउनुभयो । 

यसैगरी, धौलागिरि गाउँपालिका–६ मराङमा रहेको ३० किलोवाट क्षमताको मराङखोला लघुजलविद्युत् परियोजना पनि बन्द भएको छ । मराङको कोट भन्ने ठाउँबाट खसेको पहिरोले मराङ ठूलोखोला थुनिएपछि आएको बाढीले मुहानमा रहेको सय मिटर नहर बगाएपछि परियोजना बन्द भएको वडा सदस्य लोकबहादुर पुनले बताउनुभयो । सो परियोजना बन्द हुँदा तीन सय घरधुरी विद्युत् सुविधाबाट वञ्चित भएका छन् । 

सोही पहिरोले मराङ हुँदै धौलागिरि गाउँपालिका–५ मल्कवाङ जाने पैदलमार्ग बगाएपछि मल्कवाङ र कुइने गाउँ पैदलमार्गबाट सम्र्पक विच्छेद भएको छ । मल्कवाङका २५० र कुइनेका डेढ सय घरधुरी जंगल र भिरमा जोखिमपूर्ण तवरले डेढ घण्टा घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता रहेको स्थानीयवासी दलमान छन्त्यालले बताउनुभयो । 

खच्चरसमेत जान नसकेकाले खाद्यान्न र दैनिक उपभोग्य सामान ढुवानी हुन सकेको छैन । यस्तै, धौलागिरि गाउँपालिका–४ बगरा र सिम्कोस गाउँ जोड्ने म्याग्दी नदी माथिको झोलुङ्गे पुल बाढीले बगाएपछि आवत जावत बन्द भएको छ । सिम्कोस गाउँका दश घरधुरीका बालबालिका पुल नहुँदा विद्यालय जानबाट वञ्चित भएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल