लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । भारतको उत्तराखण्डको मलपामा भीषण वर्षाका कारण आएको बाढीपहिरो परि १७ जनाको मृत्यु हुनुको साथै ५ जना भारतीय सेना सहित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । भारतको उत्तराखण्डको मलपामा भीषण वर्षाका कारण आएको बाढीपहिरो परि १७ जनाको मृत्यु हुनुको साथै ५ जना भारतीय सेना सहित"/>

2026-07-24 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बर्षाका कारण १७ जनाको मृत्यु, ५ जना भारतीय सेनासहित ११ जना बेपत्ता


लोकेन्द्र प्रशाद जोशी/साउन ३०, दार्चुला । भारतको उत्तराखण्डको मलपामा भीषण वर्षाका कारण आएको बाढीपहिरो परि १७ जनाको मृत्यु हुनुको साथै ५ जना भारतीय सेना सहित ११ जना बेपत्ता भएका छन् । 

नेपाली बजार दार्चुला जिल्लाको सीमावर्ती बजार धारचुलाबाट झण्डै ८ किलोमिटर टाढा कैलश मानसरोवर मार्ग नजिक मालपा भन्ने क्षेत्रमा आज नेपाली समय अनुसार विहान ३ बजे घटना भएको हो ।

दिउँसोसम्म १७ जनाको शव फेला परेका र अझै पहिरोमा मानिसहरु पुरिएको हुन सक्ने अनुमान गरिएको छ ।

महाकाली नदी किनार नेपाली भूमिमा घाइते अवस्थामा एक महिला फेला परेका छन् । पहिरोमा पुरिएका सैनिक जेसिओ र २ जवानको भने सकुशल उद्धार गरिएको छ । मालपा खोलामा आएको बाढीले ३ ओटा होटेल बगाउनुको साथै दर्जनौँ स्थानिय सहीत २ जना जवान घाइते भएका छन् ।

त्यस्तै भारतको पिथौरागढदेखि १ सय ४५ किलोमटिर दुरीमा रहेको महाकाली नदी किनारमा रहेको भारतीय सुरक्षाको क्याम्पमा समेत पहिरो खसेको भारतीय अनलाइन पत्रिका जारणमा उल्लेख गरिएको छ । उक्त क्षेत्रका सयौँ घरहरु विस्थापित हुनुको साथै हजारौ स्थानियको विचल्ली भएको छ ।

त्यस्तै मांगती र सीमखोलाको मोटरेबल पुल समेत खोलाले बगाएको छ भने भारती सेनाको ३ ट्रक समान सहित ४ ओटा गाडीहरु सहित सेनाका खच्चरहरु समेत बगाएको छ । त्यस्तै सीमावर्ती बजार धारचुलादेखि ८ किलोमिटरमा रहेको ऐलागाड हाइवे अबरुद्ध हुनुको साथै पांगला–मालपा सडक खण्ड अन्तरगत विभिन्न ठाउँमा पहिरो गएकाले आवत जावत बन्द भएको छ ।

५० मिटर भन्दा बढी मानसरोवर जाने मार्ग समेत बाढीले बगाएको छ । उद्धार कार्य जारी रहेको छ । साथै महाकाली नदीमा पानीको बहाव खताराको सचक भन्दा माथि पुगेकाले खतराको संकेत गरिएको छ ।

यस अघि सन् १९९८ अगस्ट १७ को राती समेत भीषण बाढी पहिरोका कारण ६० कैलाश मानसरोवर दर्शनार्थीहरु, आइटीबीपी पुलिस जवान सहित २ सय ६० जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक