सम्राट सिंह/साउन ३०, बझाड । दुर्गाथली गाँउपालीका ५ गिर्कु बाईकाट्ने गाँउमा हिजोराती आएको वाढीले ठुलो क्षती गरेको छ । 

गाँउको विचभागमा रहेको सानो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/साउन ३०, बझाड । दुर्गाथली गाँउपालीका ५ गिर्कु बाईकाट्ने गाँउमा हिजोराती आएको वाढीले ठुलो क्षती गरेको छ । 

गाँउको विचभागमा रहेको सानो "/>

2026-09-19 07:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लगातारको बर्षाले बझाङमा पनि ठूलो धनजनको क्षती


सम्राट सिंह/साउन ३०, बझाड । दुर्गाथली गाँउपालीका ५ गिर्कु बाईकाट्ने गाँउमा हिजोराती आएको वाढीले ठुलो क्षती गरेको छ । 

गाँउको विचभागमा रहेको सानो खोलामा ठुलो वाढी आएपछि यहाँका घर, छाना सहित पानी घट्टहरु बगाएको छ । खोलाले धान गहुँ लगाएको खेत बगाएको छ भने एक वटा आधुनिक घट्ट सहित खोलाको आसपासमा रहेका १२ पानी घट्ट सहित ४ वटा भैसीगोठहरु पनि बगाएको स्थानिय सुरेन्द्र जर्पेलले वताए । उनका अनुसार स्थानिय भुबनेश्वरी प्राविको भवन पनि जोखीामा रहेको छ । 

साँझ तिर वाढी आएकाले मानविय क्षति भने नभएको जनाएको छ । गाँउको विचमा सानो खोला थियो स्थानिय कवि बोहराले भने अत्याधिक पानी आएपछि एकाएक बाढी आएर नसोचेकै स्थानमा खोलाको जस्तो बाढी आएर गाँउको खेत जमिन बगाई गाँउमा बस्ने अवस्था नै छैन । भिरालो डाडावाट गाँउमा वाढीपसेपछि यहाँका ५० घरपरिवार विस्थापित हुने अवस्थामा छन् । 

हिजो आएको बाढीले गिर्कु र बाईकाट्ने गाँउमा खानेपानी सिचाई सहित बाटोघाटमे पनि भत्कीएका छन् । दुर्गाथली जस्तै छविस पाथीभेरा गाँउपालीका ७ लेखगाँउ खोरीमा पनि खोरीगाडमा बाढी आएर स्थानिय नहकुल बोहराको ८ कोठे घर पुर्ण रुपमा क्षती भएको छ । 

खोरीमा ४ गाई गोठमा पुरिएका छन् भने लगाएको तुलवाली बगाएको छ । खोरीगाडले अन्य ५ घरमा पनि क्षती गरेको स्थानिय पदम मण्डेल बताए ।  केहि दिन अगाडी देखी आएको अविरल वर्षाका कारण बझाङ जिल्लामा पहिरो गएर खप्तड छान्ना गाउँपालिकामा एक जनाको ज्यान गएको थियो । 

खोलाले घर,  भैुसीगोठ पानी घट्ट, धान रोपेका खेत साथै २०/२५ घरहरुमा क्षति पुगेको जानकारी भएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । अविरल वर्षाले पहिरो आएर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग आजवाट सुचारु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई