सम्राट सिंह/साउन ३०, बझाड । दुर्गाथली गाँउपालीका ५ गिर्कु बाईकाट्ने गाँउमा हिजोराती आएको वाढीले ठुलो क्षती गरेको छ । 

गाँउको विचभागमा रहेको सानो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/साउन ३०, बझाड । दुर्गाथली गाँउपालीका ५ गिर्कु बाईकाट्ने गाँउमा हिजोराती आएको वाढीले ठुलो क्षती गरेको छ । 

गाँउको विचभागमा रहेको सानो "/>

२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लगातारको बर्षाले बझाङमा पनि ठूलो धनजनको क्षती

३० श्रावण २०७४, सोमबार १३:०७


सम्राट सिंह/साउन ३०, बझाड । दुर्गाथली गाँउपालीका ५ गिर्कु बाईकाट्ने गाँउमा हिजोराती आएको वाढीले ठुलो क्षती गरेको छ । 

गाँउको विचभागमा रहेको सानो खोलामा ठुलो वाढी आएपछि यहाँका घर, छाना सहित पानी घट्टहरु बगाएको छ । खोलाले धान गहुँ लगाएको खेत बगाएको छ भने एक वटा आधुनिक घट्ट सहित खोलाको आसपासमा रहेका १२ पानी घट्ट सहित ४ वटा भैसीगोठहरु पनि बगाएको स्थानिय सुरेन्द्र जर्पेलले वताए । उनका अनुसार स्थानिय भुबनेश्वरी प्राविको भवन पनि जोखीामा रहेको छ । 

साँझ तिर वाढी आएकाले मानविय क्षति भने नभएको जनाएको छ । गाँउको विचमा सानो खोला थियो स्थानिय कवि बोहराले भने अत्याधिक पानी आएपछि एकाएक बाढी आएर नसोचेकै स्थानमा खोलाको जस्तो बाढी आएर गाँउको खेत जमिन बगाई गाँउमा बस्ने अवस्था नै छैन । भिरालो डाडावाट गाँउमा वाढीपसेपछि यहाँका ५० घरपरिवार विस्थापित हुने अवस्थामा छन् । 

हिजो आएको बाढीले गिर्कु र बाईकाट्ने गाँउमा खानेपानी सिचाई सहित बाटोघाटमे पनि भत्कीएका छन् । दुर्गाथली जस्तै छविस पाथीभेरा गाँउपालीका ७ लेखगाँउ खोरीमा पनि खोरीगाडमा बाढी आएर स्थानिय नहकुल बोहराको ८ कोठे घर पुर्ण रुपमा क्षती भएको छ । 

खोरीमा ४ गाई गोठमा पुरिएका छन् भने लगाएको तुलवाली बगाएको छ । खोरीगाडले अन्य ५ घरमा पनि क्षती गरेको स्थानिय पदम मण्डेल बताए ।  केहि दिन अगाडी देखी आएको अविरल वर्षाका कारण बझाङ जिल्लामा पहिरो गएर खप्तड छान्ना गाउँपालिकामा एक जनाको ज्यान गएको थियो । 

खोलाले घर,  भैुसीगोठ पानी घट्ट, धान रोपेका खेत साथै २०/२५ घरहरुमा क्षति पुगेको जानकारी भएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । अविरल वर्षाले पहिरो आएर अवरुद्ध भएको जयपृथ्वी राजमार्ग आजवाट सुचारु भएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली