८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सीपयूक्त कामदर भए मात्र बैदेशिक रोजगार आम्दानीयूक्त हुन्छ: नगरप्रमुख थापामगर

३१ श्रावण २०७४, मंगलवार ०१:४९

रामचन्द्र वि.क./साउन ३१, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले बैदेशिक रोजगारीमा जाने यूवा शक्तिलाई सीपयूक्त बनाएर पठाउन सके मात्र उनीहरुको बैदेशिक रोजगार सुरक्षित, मर्यादित,भरपर्दो र आम्दानीयूक्त हुने बताउनुभएको छ ।


साेमबार चारघरे सेवा समिति रामपुर रामेछापको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

रामेछापबाट बैदेशिक रोजगारीमा जाने यूवाहरुलाई स्थानीय स्तरमा नै सीप दिनको लागि नगरपालिकाले योजना बनाइरहेको बताउदै नगर प्रमुख थापामगरले भन्नुभयाे-" यस्ता कार्यमा जिल्लामा बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरुले पनि सहयोग गर्नुपर्छ ।" 'नगरपालिका भित्र काम गर्ने गैरसरकारी संघसंस्थाहरु सँग नगरपालिकाले समन्वय गरेर काम गराैँ – उहाँले भन्नुभयाे ।'

बैदेशिक रोजगारीबाट जिल्लामा भित्रने रेमिट्यान्सलाई उत्पानमूलक क्षेत्रमा लगाउन सके मात्र युवाहरुको श्रमको उचित सम्मान हुने बताउदै थापामगरले रेमिट्यान्सलाई सहकारीको माध्यमबाट बचत गर्दै आयआर्जनमा बृद्धि गर्न सकिने धारणा राख्नुभयो । 


यसैविच संस्थाको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले दिल बहादुर सुनुवारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा सविता कुमारी सुनुवार उपाध्यक्ष, इन्द्र रानामगर सचिब, सन्त बहादुर श्रेष्ठ कोषाध्यक्ष, सदस्यहरुमा क्रमशः भक्त कुमारी श्रेष्ठ, मुना श्रेष्ठ, श्यामलाल मगर, टेक बहादुर श्रेष्ठ र सुर्ज बहादर श्रेष्ठ चयन भएका छन् । 

चारघरे सेवा समितिका अध्यक्ष टिकाराम विश्वकर्माको अध्यक्षता तथा नगर प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता