2026-09-19 03:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सीपयूक्त कामदर भए मात्र बैदेशिक रोजगार आम्दानीयूक्त हुन्छ: नगरप्रमुख थापामगर

रामचन्द्र वि.क./साउन ३१, रामेछाप । रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले बैदेशिक रोजगारीमा जाने यूवा शक्तिलाई सीपयूक्त बनाएर पठाउन सके मात्र उनीहरुको बैदेशिक रोजगार सुरक्षित, मर्यादित,भरपर्दो र आम्दानीयूक्त हुने बताउनुभएको छ ।

साेमबार चारघरे सेवा समिति रामपुर रामेछापको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनमा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

रामेछापबाट बैदेशिक रोजगारीमा जाने यूवाहरुलाई स्थानीय स्तरमा नै सीप दिनको लागि नगरपालिकाले योजना बनाइरहेको बताउदै नगर प्रमुख थापामगरले भन्नुभयाे-” यस्ता कार्यमा जिल्लामा बैदेशिक रोजगारीको क्षेत्रमा काम गर्ने गैरसरकारी संघसंस्थाहरुले पनि सहयोग गर्नुपर्छ ।” ‘नगरपालिका भित्र काम गर्ने गैरसरकारी संघसंस्थाहरु सँग नगरपालिकाले समन्वय गरेर काम गराैँ – उहाँले भन्नुभयाे ।’

बैदेशिक रोजगारीबाट जिल्लामा भित्रने रेमिट्यान्सलाई उत्पानमूलक क्षेत्रमा लगाउन सके मात्र युवाहरुको श्रमको उचित सम्मान हुने बताउदै थापामगरले रेमिट्यान्सलाई सहकारीको माध्यमबाट बचत गर्दै आयआर्जनमा बृद्धि गर्न सकिने धारणा राख्नुभयो । 

यसैविच संस्थाको २३ औँ साधारणसभा तथा १२ औँ अधिवेशनले दिल बहादुर सुनुवारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नयाँ कार्यसमितिमा सविता कुमारी सुनुवार उपाध्यक्ष, इन्द्र रानामगर सचिब, सन्त बहादुर श्रेष्ठ कोषाध्यक्ष, सदस्यहरुमा क्रमशः भक्त कुमारी श्रेष्ठ, मुना श्रेष्ठ, श्यामलाल मगर, टेक बहादुर श्रेष्ठ र सुर्ज बहादर श्रेष्ठ चयन भएका छन् । 

चारघरे सेवा समितिका अध्यक्ष टिकाराम विश्वकर्माको अध्यक्षता तथा नगर प्रमुख नर बहादुर थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई