साउन ३१, भद्रपुर । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, भद्रपुर । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । 

१० माघ २०८२, शुक्रबार
काठमाडौँ - KTM

झापामा हालसम्म बाढीबाट एघारको मृत्यु

३१ श्रावण २०७४, मंगलवार ०६:१०

 साउन ३१, भद्रपुर । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । 

मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२ निवासी धनमायाँ घोर्षाने, शिवसत्ताक्षी–१ का विजय पाण्डे, झापा गाउँपालिका वडा नं ७ का कमला दर्लामी र खुशी दर्लामी, कचनकवल–३ का राम राजवंशी, झापा गाउँपालिका–२ का नाम नखुलेका मुस्लिम जातिका एकजना, दमक–५ निवासी बिन्दु सिटौला, हल्दिबारी–१ निवासी चम्पामणि सत्तारु, झापा गाउँपालिका–२ निवासी पहिचान नखुलेका एकजना, कमल गाउँपालिका–५ निवासी दिवस राई र झापा गाउँपालिका–४ निवासी १० वर्षीय कुल्सन खातुन छन् । 

यसैगरी, बेपत्ता हुनेमा झापा गाउँपालिका–२ निवासी कमला घोर्षाने र कलिप्रसाद राजवंशी, उनकी श्रीमती र एकजना बच्चा छन् । 

बाढीका कारण प्रभावित परिवार दुई हजार १९ र विस्थापित परिवार एक हजार ८९६ तथा १२ घर पूर्णरुपमा क्षति भएको सोसाइटीले जनाएको छ । 

विस्थापित परिवारमा राहत एवं उद्धारको कार्य भइरहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु