साउन ३१, भद्रपुर । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३१, भद्रपुर । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । 

२०८३, २१ जेष्ठ बिहीबार
काठमाडौँ - KTM

झापामा हालसम्म बाढीबाट एघारको मृत्यु

२०७४, ३१ श्रावण मंगलवार ०६:१०

 साउन ३१, भद्रपुर । झापामा अविरल वर्षाका कारण आएको बाढीबाट ११ जनाको मृत्यु र चारजना बेपत्ता भएको नेपाल रेडक्रस सोसाइटी झापा शाखाले जनाएको छ । 

मृत्यु हुनेहरुमा झापा गाउँपालिका–२ निवासी धनमायाँ घोर्षाने, शिवसत्ताक्षी–१ का विजय पाण्डे, झापा गाउँपालिका वडा नं ७ का कमला दर्लामी र खुशी दर्लामी, कचनकवल–३ का राम राजवंशी, झापा गाउँपालिका–२ का नाम नखुलेका मुस्लिम जातिका एकजना, दमक–५ निवासी बिन्दु सिटौला, हल्दिबारी–१ निवासी चम्पामणि सत्तारु, झापा गाउँपालिका–२ निवासी पहिचान नखुलेका एकजना, कमल गाउँपालिका–५ निवासी दिवस राई र झापा गाउँपालिका–४ निवासी १० वर्षीय कुल्सन खातुन छन् । 

यसैगरी, बेपत्ता हुनेमा झापा गाउँपालिका–२ निवासी कमला घोर्षाने र कलिप्रसाद राजवंशी, उनकी श्रीमती र एकजना बच्चा छन् । 

बाढीका कारण प्रभावित परिवार दुई हजार १९ र विस्थापित परिवार एक हजार ८९६ तथा १२ घर पूर्णरुपमा क्षति भएको सोसाइटीले जनाएको छ । 

विस्थापित परिवारमा राहत एवं उद्धारको कार्य भइरहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी