२०८२, २९ माघ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सबै एकजुट भए मात्र विकास सम्भव छ’

२०८२, २८ बैशाख आईतवार १३:०७

काठमाडौँ | कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सबै सरोकारभएका निकाय एकजुट भएर अघि बढे विकास सम्भव हुने धारणा राख्नुभएको छ । क्षेत्रीय होटलसँगको समन्वयमा चितवनले ‘घुमाँै सौराहा, चितवन अभियान’ भन्ने मूल नाराका साथ सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले सबैबीच सहकार्य र समन्वय गर्दै मुलुक विकासमा जुट्नुपर्ने बताउनुभयो ।

सरकार र कर्मचारीले मात्र विकास गर्नुपर्छ भन्ने मानसिकता त्यागेर विकास सबैको साझा विषय हो भनी एकजुट भएमा कामले गति लिने मुख्यमन्त्री कँडेलले उल्ल्ेख गर्नुभयो । उहाँले भन्नुभयो, “देश विकासका लागि सरकारको मुख्य भूमिका रहनुका साथै यसको गतिलाई प्रभावकारी रूपमा अगाडि बढाउन निजी क्षेत्रको पहलकदमी र भूमिका पनि महत्त्पूर्ण रहन्छ । सङ्घीय प्रणालीमा व्यवस्था नयाँ, संरचना नयाँ निर्माण गरेका छौँ । ती संरचनालाई निर्देशित गर्ने कानुन पुराना भएकाले जनताको चाहनाअनुसार काम गर्न समस्य भइरहेको छ ।”

जनता र जनप्रतिनिधिको अपेक्षा अनुसार कानुन नबन्दा समस्या भइरहेको भन्दै उहाँले पुराना कानुनलाई विस्थापित गर्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

कर्णाली प्रदेशको अन्तरिक आम्दानी र विकासका लागि पर्यटन प्रवर्द्धन मुख्य आधार रहेको उहाँले उल्लेख गर्नुभयो । चितवनबाट कर्णालीसम्म आफ्नो व्यावसायिक महत्त्व झल्काउन आउनुभएका सबैलाई सहकार्य र समन्वयबाट अघि बढ्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

“कर्णालीमा राराताल, फोक्सुण्डो ताल, छायाँनाथ, बाला त्रिपुरासुन्दरीलगायत पर्यटकीय क्षेत्र भए पनि विकासको मूलधारमा आउन नसक्दा ओझेलमा परेका छन् । कर्णाली करिडोर हुँदै रारा, भेरी करिडोर हुँदै डोल्पा जान सकिन्छ । पर्यटकीय क्षेत्रको विकासमा सबै एकजुट भएर काम गर्नुपर्ने अहिलेको हावश्यकता हो”, मुख्यमन्त्री कँडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय निर्वाचन आचारसंहिता उल्लङ्घनमा ५१ स्पष्टीकरण, जवाफ ३० मात्र तामाकोसी बस दुर्घटनापछि क्षतिपूर्तिको माग गर्दै मन्थलीमा प्रदर्शन आयल निगमको टेकु कार्यालयबाट पनि उपभोक्ताले ग्यास खरिद गर्न पाउने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारकै होः प्रधानमन्त्री कार्की भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई उद्धार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ५ दिनभित्र सबै राजनीतिक दललाई घोषणापत्र सार्वजनिक गर्न निर्वाचन आयोगको निर्देशन पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र मधेश यात्रामा निस्किए बालेन्द्र शाह जापानमा भारी हिमपातका कारण ४६ जनाको मृत्यु तामाकोशी नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ९ पुग्यो चुनावी सुरक्षाका लागि सतर्क रहन प्रधानमन्त्री कार्कीको निर्देशन पेस्तोलसहित दुईजना पक्राउ उज्यालो नेपाल जेनजी आन्दोलनपछिको सबैभन्दा नयाँ पार्टी हो: कुलमान घिसिङ सुनको मूल्य बढ्यो वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार पक्राउ फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुने केपी शर्मा ओलीले गरे हुलाकी राजमार्गको अवलोकन नेप्से परिसूचक २६ दशमलव ०५ अंकले घट्यो