Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पूर्वाञ्चलमा बाढी पहिरोका कारण ४७ जनाको मृत्यु

२०७४, ३२ श्रावण बुधबार ०७:१६

साउन ३२, विराटनगर । पूर्वाञ्चलमा अविरल वर्षा र पहिरोका कारण ४७ जनाको मृत्यु भएको छ र १५ जना बेपत्ता भएका छन् । 

आज बिहानसम्ममा मोरङमा सबैभन्दा बढी १७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १२ जना, झापामा १२ जना, सप्तरीमा एकजना, उदयपुरमा दुईजना गरी ४३ जनाको मृत्यु भएको छ । त्यस्तै पहिरोले गर्दा पाँचथरमा दुई र इलाममा एक गरी तीनजनाको पनि मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । 

त्यस्तै, बाढी पहिरोमा परेर पाँचथरमा तीनजना, झापामा दुईजना, मोरङमा चारजना, सप्तरीमा एक गरी १५ जना बेपत्ता रहेको छ, भने बाढी पहिरोमा परेर मोरङमा तीनजना र सप्तरी र सुनसरीमा एक÷एक जना घाइते भएका छन् । 

बाढी पहिरोका कारण ती जिल्लामा ३८९ वटा घर पूर्णरुपले क्षति भएको, ३६३ वटा चौंपाया र दुई हजार २७५ वटा हाँस, कुखुरा मरेको सो कार्यालयले जनाएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पूर्वक्षेत्रीय तालीम केन्द्र, क्षेत्रीय सशस्त्र प्रहरी गण, दङ्गा नियन्त्रण प्रहरी गणका साथै सम्बन्धित जिल्ला र स्थानीय प्रहरी इकाइ गरी चार हजार पाँच सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । 

विस्थापित परिवारलाई स्थानीय विद्यालय, मन्दिर र सङ्घसंस्थाको सार्वजनिक भवन राखिएको पीडित परिवारलाई स्थानीय समाजसेवी र विभिन्न सङ्घसंस्थाबाट राहत वितरणलगायतका कार्य भइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी