साउन ३२, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नेपाली जनतालाई डुबाइरहे कोशी व्यारेजमा बम हान्न सकिने बत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

साउन ३२, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नेपाली जनतालाई डुबाइरहे कोशी व्यारेजमा बम हान्न सकिने बत"/>

२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘नेपाली जनतालाई डुबाइरहे कोशी व्यारेजमा बम हान्न सकिन्छ’

२०७४, ३२ श्रावण बुधबार १०:५१


साउन ३२, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सन्तोष बुढा मगरले नेपाली जनतालाई डुबाइरहे कोशी व्यारेजमा बम हान्न सकिने बताएका छन् । 

क्रान्तिकारी पत्रकार संगठनले बुधबार बाग्लुङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विप्लवले कोशी व्यारेजमा बम पड्काउने धम्की दिएको भनि गलत प्रचार भएको बताए । 

‘कोशी व्यारेज हटाउनुपर्छ यो नेपालीको हितमा छैन् भन्ने हाम्रो माग हो,’ बुढाले भने,‘अहिले नै बम हान्ने भन्ने कुरा त होइन तर यसरी नेपाली जनतालाई डुबाइराख्ने हो भने बम हानिन्न भनेर भन्न सकिन्न ।’ 

सरकार सञ्चालन गरिरहेका दलहरूको लाचारीपनका कारण अहिले मधेश डुबानमा परेको उनको दाबी थियो । उनले जनगणतन्त्र र वैज्ञानिक समाजवादका लागि पार्टीले हतियार उठाउन सक्ने संकेत गरे ।

बाह्य शक्तिको डिजाइमा संसदवादी दलहरू चलेको र माओवादी केन्द्रले उनीहरूलाई साथ दिएको बुढाको आरोप थियो । ‘भारतको चाकडी गरेर सत्ता चलाउनेहरूको बोलवाला छ,’ उनले भने, ‘बाह्य शक्तिको डिजाइनमा नेपालमा फेरि रक्तपात मच्चिनसक्छ । 

अब राष्ट्रवादी देशभक्तहरू एकजुट नभए देश नै नहरने अवस्था आउन सक्छ ।’ स्थानीय तहको निर्वाचन जनताका लागि नभई संसदीय व्यवस्थालाई पक्षपोषण गर्ने भएकाले आफ्नो पार्टीले खारेज गर्न माग गरेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो