साउन ३२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन भनी चासो व्यक्त गरेका छन्"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन भनी चासो व्यक्त गरेका छन्"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

२०७४, ३२ श्रावण बुधबार ११:३७

साउन ३२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन भनी चासो व्यक्त गरेका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर त्यस विषयमा प्रधानमन्त्रीले जानकारी मागेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवालाई आयोगका तर्फबाट निर्वाचनको लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइ नसकेको अवस्थामा दुईओटै निर्वाचन सन्चालन गर्न कठिनाइ हुनेबारे जानकारी गराइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

व्यस्थापकीय हिसाबले मंसिरको पहिलो हप्तामा प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव रहेकाबारे प्रधानमन्त्रीसमक्ष कुरा राखिएको जनाउँदै आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन एकैपटक सन्चालन गर्न व्यवस्थापकीय हिसाबले कति सम्भव हुन्छ भन्नेबारे आयोगमा थप छलफल गरेरमात्र जानकारी दिनसक्ने बताइएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीबाट मुख्य तीन दलका शीर्ष नेतासँग बुधबार छलफल गरी निर्वाचनको मिति सम्बन्धमा उचित निर्णय लिइने बताएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

सो अवसरमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी तथा निर्वाचन आयोगका सचिव महेश्वर न्यौपाने सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै