साउन ३२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन भनी चासो व्यक्त गरेका छन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ३२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन भनी चासो व्यक्त गरेका छन्"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

३२ श्रावण २०७४, बुधबार ११:३७

साउन ३२, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग प्रदेशसभा तथा प्रतिनिधिसभा दुबै निर्वाचन एकैपटक गर्न सकिन्छ कि सकिँदैन भनी चासो व्यक्त गरेका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव र निर्वाचन आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर त्यस विषयमा प्रधानमन्त्रीले जानकारी मागेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री देउवालाई आयोगका तर्फबाट निर्वाचनको लागि समय कम हुँदै गएको, व्यवस्थापन गर्नको लागि आवश्यक पर्ने ऐन तथा निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन प्राप्त भइ नसकेको अवस्थामा दुईओटै निर्वाचन सन्चालन गर्न कठिनाइ हुनेबारे जानकारी गराइएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

व्यस्थापकीय हिसाबले मंसिरको पहिलो हप्तामा प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव रहेकाबारे प्रधानमन्त्रीसमक्ष कुरा राखिएको जनाउँदै आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन एकैपटक सन्चालन गर्न व्यवस्थापकीय हिसाबले कति सम्भव हुन्छ भन्नेबारे आयोगमा थप छलफल गरेरमात्र जानकारी दिनसक्ने बताइएको थियो ।

सो अवसरमा प्रधानमन्त्रीबाट मुख्य तीन दलका शीर्ष नेतासँग बुधबार छलफल गरी निर्वाचनको मिति सम्बन्धमा उचित निर्णय लिइने बताएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

सो अवसरमा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी तथा निर्वाचन आयोगका सचिव महेश्वर न्यौपाने सहभागी थिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल