2026-10-15 01:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मातृभाषाका समाचार प्रवाहले सङ्घीयताको मर्म व्यवहारमा उतार्न सहयोग पुग्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ | सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशस्तरीय सञ्चार संस्थाहरूको सुदृढीकरण र मातृभाषामा समाचार प्रवाहले सङ्घीयताको मर्मलाई व्यवहारमा उतार्न सहयोग पुग्ने बताउनुभएको छ ।

नेपाल टेलिभिजन कर्णाली प्रदेश ब्यूरोद्वारा आज सुर्खेतमा आयोजित कार्यक्रमको उद्घाटन तथा रेडियो नेपालको कर्णाली प्रदेश प्रसारण केन्द्रमार्फत खस भाषामा समाचार प्रशारण गर्दै मन्त्री गुरुङले खस भाषामा सुरू गरिएको समाचारले कर्णालीको मौलिकता झल्काउने विश्वास व्यक्त गर्नुभयो ।

“हामी लोकतान्त्रिक प्रणालीमा छौँ । जनताको सूचना पहुँच सुनिश्चित गर्न सरकार गम्भीर छ । प्रदेशमा सञ्चारका संस्थागत संरचना निर्माण गर्नु त्यसैको हिस्सा हो,” मन्त्री गुरुङले भन्नुभयो, “मातृभाषामा सञ्चार हुनु भनेको नागरिक र राज्यबीचको सम्बन्ध अझ सशक्त हुनु हो, यसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछ ।”

कर्णाली प्रदेश सुनिने मात्र नभएर जनताले चाहे जसरी विकास विश्वास व्यक्त गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले प्रदेश सरकारसँग सहकार्य गरेर कर्णालीको विकासमा सङ्घ सरकारले प्राथमिकताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारका सञ्चार माध्यमहरूले भाषा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय एकता बलियो बनाउन सक्रिय भएको बताउनुभयो ।

रेडियो नेपाल, नेपाल टेलिभिजन, गोरखापत्र र राष्ट्रिय समाचार समिति (रासस) ले जनतालाई केन्द्रित गरेर अघिबढेको उहाँको भनाइ छ । मन्त्री गुरुङले यी सञ्चारमाध्यमले देशको समृद्धि र सुशासनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । जनताका लागि सूचना दिने पहिलो दायित्व हो भनेर सार्वजनिक सेवा प्रसारण नेपाललाई अघि बढाएको बताउँदै उहाँले यसलाई अझै प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

एनटिभिलाई विश्वसामु पुर्‍याउन यसै वर्षदेखि अङ्ग्रेजी भाषामा प्रशारण गर्ने तयारी गरिएकाले उहाँले जानकारी दिनुभयो । कर्णाली प्रदेशले अघि बढाएको डिजिटल प्रदेशको योजनालाई सङ्घले सहकार्य गरेर सहयोग गर्ने मन्त्री गुरुङले उल्लेख गर्नुभयो । खस भाषाको समाचार सुरुआताले कर्णालीको प्रदेशको भाषा, सांस्कृतिक पहिचान र सञ्चार पहुँचलाई सुदृढ गराउनका लागि ऐतिहासिक प्रयास भएको बताउनुभयो ।

सञ्चारको पहुँचको समावेशीकरण र स्थानीय भाषामा समाचार प्रवाहले लोकतन्त्रलाई अझै बलियो बनाउने विश्वास व्यक्त गर्दै मन्त्री गुरुङले आगामी दिनमा यस्ता रचनात्मक कार्यलाई अगाडि बढाउँदै लगिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास र समृद्धिका कुरा जनप्रतिनिधि र कर्मचारीको मात्र नभइ सबैको साझा विषय हो भनेर बुझाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कर्णाली विकट मात्र भएको प्रचार भएकाले भन्दै यहाँको सम्भावना र विकासका गतिविधि पनि प्रचार हुन आवश्यक रहेको भन्दै यसमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताउनुयो । उहाँले भन्नुभयो, “हामी कर्णाली बनाउन लागिरहेका छौँ । कर्णालीको विकास र समृद्धिका लागि सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ ।”

यस्तै, सार्वजनिक सेवा प्रशारण नेपालअन्तर्गत रेडियो नेपाल प्रादेशिक प्रशारण सुर्खेतबाट खस भाषामा समाचार तथा कार्यक्रम सुरू गरिएको छ । प्रत्येक दिन साँझ ५ः०५ देखि ५ः१५ सम्म खस भाषामा समाचार प्रशारण हुनेछ ।

योसँगै रेडियो नेपालबाट २६ भाषामा समाचार प्रशारण हुन थालेको छ । सार्वजनिक सेवा प्रशारण नेपालका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले खस भाषाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले खस भाषामा समाचार तथा कार्यक्रम प्रशारण गरिएको जानकारी दिनुभयो । उहाँले नेपाल टेलिभिजनको प्रदेश ब्यूरोले कर्णाली प्रदेश केन्द्रित गरेर समाचार तथा कार्यक्रम उत्पादनममा सहयोग पुग्ने र यस सार्वजनिक सेवा प्रशारण नेपाललाई अझै प्रभावकारी बनाउने तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने