भदौ १, महोत्तरी । महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ । 

बुधबार मनरा गाउँपालिकामा ५० वर्षीय एक पुरुषको शव फेला परेसँगै बाढीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १, महोत्तरी । महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ । 

बुधबार मनरा गाउँपालिकामा ५० वर्षीय एक पुरुषको शव फेला परेसँगै बाढीम"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महोत्तरीमा बाढीबाट ज्यान गुमाउनेको सख्या पाँच पुग्यो

१ भाद्र २०७४, बिहीबार ०७:२१


भदौ १, महोत्तरी । महोत्तरीमा अहिलेसम्म बाढीमा परी पाँच जनाको मृत्यु भएको छ । 

बुधबार मनरा गाउँपालिकामा ५० वर्षीय एक पुरुषको शव फेला परेसँगै बाढीमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको हो । सो पुरुषको शव अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

यसभन्दा अगाडि जिल्लाको भंगहा गाउँपालिका–७ मा बाढीको पानीमा करेन्ट लागेर अन्दाजी ४० वर्षीय महेश सिंह, धनुषा घर भई जलेश्वर–८ बजराहीमा छोरीको घर आएका ६५ वर्षीय शिव महरा, लोहारपट्टी–१ मा बाढीमा बेपत्ता भएका इन्दल महरा र जलेश्वर–२ खैराचोकका १५ वर्षीय विक्कीकुमार ठाकुरको मृत्यु भइसकेको छ । 

त्यस्तै, बाढीमा बगेर बेपत्ता भएका थप एकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । महोत्तरीमा बाढी आएपछि सयाँै घर पूर्ण क्षतिग्रस्त भएको प्रहरीको प्रारम्भिक तथ्याँकले देखाएको छ । 

क्षतिबारे विवरण संकलन गर्न खटिएको प्रहरीको पहिलो दिनको युनिटले महोत्तरीमा हालसम्म ५६८ घर पूर्ण क्षतिग्रस्त भएकोे जनाएको छ । त्यस्तै, ३८२ घरमा आंशिक क्षति पुगेको प्रहरीको प्रारम्भिक तथ्याँक छ । तथ्याँक संकलन कार्य विभिन्न युनिटले द्रुतगतिमा गरिरहेकाले एक दुई दिनभित्र नै महोत्तरीमा बाढीपीडितको पूर्ण विवरण संकलन भइसक्ने महोत्तरीका प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो । 

महोत्तरीमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न युनिट बनाई जिल्लाका बाढी प्रभावित क्षेत्रमा बचाउ र उद्धार कार्य गरिरहेको दैवी प्रकोप उद्धार समितिले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु