१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म तिमिलाइ मेरै आँखा अगाडी नियाल्न चाहन्छु’

२ भाद्र २०७४, शुक्रबार ०९:३९

आजकै दिन,हो आजकै दिन..

जतिबेला म रोहिरहदा मेरी आमा 

प्रथम र अन्तिम पटक हासेकी थिइन् ..

तिमिलाई याद छ नि है

छैनभने तिमिले तिम्रो सिसि टि.भिमा 

कैद गरेको फुटेजहरु ब्याक गरेर हेर त..

आजकै दिन, हो आजकै दिन…

लाहुरमा लाखौ कमाएको सम्पती 

पाउँदा भन्दा धेरै खुशी अनि

  गौराम्भित थिए मेरा बाबा

धनकी देबि लक्ष्मी घरमा आइन्  भनेर…

मलाई थाहा छैन तिमी

 यतै कतै छौ कि या  छैनौ

आमाले भनेझै तिमी यतै कतै,

कसैको आत्मामा, कसैको शरीरमा,

आकाशमा, हावामा, पानीमा, सुर्यमा, अनि पत्थरमा छौ त ?

कस्तो छ भनेर सोध्दा

सबै ठिकै छ आमा  भन्दा

सपना नराम्रो देखेकी थिए ,

कतै बिरामी पो पर्यौ की भन्दा

औषधिका क्याप्शुलहरु मन नहुदा नहुदै

पानीको सहायताले निल्दै गर्दा

बिज्ञानलाई  बिर्सिएर म

मेरि आमामा तिमिलाई पाउछु….

आफ्नो फाटेको कमिजलाई टालेरै

मेरा आवश्यकताहरु पूरा गरिदिने 

बाबालाइ हेर्दा..

सन्सारलाइ बिर्सिएर  मेरा बाबाको 

ओठको  हासोमा म तिमिलाइ पाउछु..

त्यसैले, हो ईश्वर तिमी छौ,

मलाई बिश्वास छ तिमी पक्कै छौ..

म तिमिलाइ मेरै आँखा अगाडी नियाल्न चाहन्छु

म नमरुन्जेल सम्मै…

त्यसैले ईश्वर ! मेरा यी हरेक  जन्मदिनमा

मेरा केही आयुहरु मेरा ईश्वरलाई सारिदेउ है…

केही आमालाई…

अनि केही बाबालाई …

पुजा पराजुली 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु