गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता"/>
2026-07-25 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

प्रदेश नं ७ मा एक लाख मतदाता थपिए (कुन जिल्लामा कति ?)

भदौ २, भीमदत्तनगर | स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । 

गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक लाख १५ हजार ३२ जना नयाँ मतदाता थपिएको यहाँका जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् । 

निर्वाचन आयोगले शुरुवातमा साउन पहिलो सातादेखि मसान्तसम्म नयाँ मतदाता नामावली संकलन गर्न गर्न जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो । केही दिनअघि पुनः भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन कार्यका लागि समय दिइएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकारी केशवसिंह भण्डारीले जनकारी दिनुभयो । 

आजसम्म सुदूरपश्चिममा सबैभन्दा बढी कैलाली जिल्लामा नयाँ मतदाता थपिएका छन् । सुदूरपश्चिम क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका सूचना अधिकृत प्रेमराज भट्टले १३ वटा स्थानीय तह रहेको कैलालीमा बिहीबारसम्म ५३ हजार नयाँ मतदाताले फोटोसहितको नामावली संकलन गरेको जानकारी दिनुभयो । “शनिबारसम्म अझै केही संख्यामा वृद्धि हुन्छ ।” उहाँले भन्नुभयो, “बिदाको दिनसमेत यहाँका हरेक तहमा नामावली संकलन गर्ने कार्य भइरहेको छ ।” 

त्यसैगरी अर्को जिल्ला कञ्चनपुरमा भने २२ हजार नयाँ मतदाता थपिएका छन् । यहाँ पुरुषभन्दा महिला मतदाता बढी थपिएको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर प्रकाश भट्टले जानकारी दिनुभयो । नौवटा स्थानीय तह रहेको कञ्चनपुरमा गत असार १४ गतेको स्थानीय तहको निर्वाचनअघि यहाँ दुई लाख ३५ हजार मतदाता रहेका थिए । 

कञ्चनपुरमा हालसम्म १० हजार सातजना पुरुष र १२ हजार ८४५ महिला रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साउन पहिलो सातादेखि शुरु भएको फोटोसहितको मतदाता नामावली संकलन कार्यमा जिल्लाभरका स्थानीय तहमा उत्साहजनक सहभागिता रहेको छ । 

त्यसैगरी सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा हालसम्म सात हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बैतडीका अनुसार यहाँका १० वटै तहमा नयाँ मतदाता नामावली संकलन भइरहेको छ । 

बैतडी निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर संगीता विष्टले जिल्लभरमा हालसम्म सात हजारको संख्यामा नयाँ मतदाता थपिएको जानकारी दिनुभयो । यसअघि बैतडीमा एक लाख २५ हजार मतदाता रहेका थिए । 

उता दुई नगरपालिका र सात गाउँपालिका गरी नौवटा स्थानीय तह रहेको दार्चुलामा पाँच हजार १०३ मतदाता थपिएका छन् । दार्चुलामा यसअघि ७३ हजार ५१ मतदाता रहेका थिए । 

दार्चुलामा पनि निकै उत्साहपूर्ण ढंगले नयाँ मतदाता स्थानीय तहमा नाम दर्ता गराउन आइरहेका छन् ।

त्यसैगरी पहाडी जिल्ला डडेल्धुरामा पनि छ हजार २५१ जना मतदाता थपिएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा ७५ हजार ७०० मतदाता रहेको डडेल्धुरामा सातवटा स्थानीय तह रहेका छन् । 

त्यस्तै बझाङ जिल्लामा पनि नयाँ मतदाताको फोटोसहितको मतदाता नामावली संकलन कार्य सबै तहमा भइरहेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ । बाह्रवटा स्थानीय तह रहेको बझाङमा यसअघि ९७ हजार ६०० मतदाता रहेका थिए । 

डोटी जिल्लामा बितेको एक महिनामा पाँच हजार ८०० मतदाता थपिएका छन् । नौवटा तह रहेको डोटीमा पनि स्थानीय तहसम्म नयाँ मतदाताको नामावली संकलन कार्य भइरहेको छ । डोटीमा यसअघि एक लाख चार हजारभन्दा बढी मतदाता रहेका थिए । 

चार नगरपालिका र छ गाउँपालिका गरी १० वटा स्थानीय तह रहेको अछाम जिल्लामा पनि यसपटक १० हजार ५९१ मतदाता थपिएका छन् । यसअघि अछामा एक लाख २७ हजार ७४२ मतदाता रहेका थिए । 

सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुरामा पनि नयाँ मतदाता थपिने क्रम जारी छ । हालसम्म चार हजार ७३९ जना नयाँ मतदाता बाजुरामा थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार यसअघि बाजुरामा ६४ हजार ९५० मतदाता रहेका थिए । बाजुरामा चार नगरपालिका र पाँचवटा गाउँपालिका रहेका छन् । 

मतदाता नामावली पुनः संकलन गर्न निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिँदा जिल्ला निर्वाचन कार्यालयमा मात्रै संकलन थालिए पनि मतदाताले स्थानीय तहमा संकलन गर्न माग राखेपछि सबै स्थानीय तहमा नामावली संकलन थालिएको हो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल