भदौ ३, काठमाडौँ । सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ३, काठमाडौँ । सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनप"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार विभागको लाचारी: ‘फ्री भिसा फ्री टिकट’ लागू हुन सकेन

३ भाद्र २०७४, शनिबार ०१:१६


भदौ ३, काठमाडौँ । सरकारले २६ जेठ ०७२ को मन्त्रीस्तरीय निर्णयबाट मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमन र कुवेत जाने कामदारले भिसा र टिकटको रकम तिर्नुनपर्ने निर्णय गरिएको थियो । 

सो निर्णयका आधारमा २१ असार ०७२ देखि फ्री भिसा फ्री टिकटको नीति लागू भएको छ । तर, निर्णय भएको २ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन ।

फ्री भिसा फ्री टिकट लागू भएका देशमा जाने कामदारबाट म्यानपावरले प्रतिव्यक्ति ८० हजारदेखि १० लाख रुपैयाँसम्म असुलिरहेका तथ्य सार्वजनिक भएको छ ।

-केही समयअघि खाडी मुलुकको स्थलगत निरीक्षणमा गएको संसदीय उपसमितिले त्यहाँ पुग्ने नेपाली कामदारहरूबाट ५० हजारदेखि ९ लाख रुपैयाँसम्म असुलेको तथ्य फेला पारेको आफ्नो प्रतिवेदनमा खुलाएको छ ।

-अनुगमन तथा नियमनको जिम्मेवारी पाएको विभागले निर्णय कार्यान्वयनका लािग कुनै पहल गरेको छैन ।

-०७३-७४ मा मात्रै विभिन्न म्यानपावरविरुद्ध दर्ता गरिएको १४ सय ५२ उजुरीहरूमा पनि सबैभन्दा बढी उजुरी फ्री भिसा फ्री टिकट लागू भएका देशका गएका कामदारहरू रहेको छ ।

-त्यस्ता उजुरीमा कम्पनीले कामदारबाट तोकिएभन्दा बढी शुल्क लिएको भन्दै क्षतिपूर्तिको माग गरिएको छ ।

-उजुरीको कारबाहीका लागि विभागले भने म्यानपावर सञ्चालकलाई बोलाएर कामदारसँग मिल्न लगाउने गर्दै आएको छ ।

-विभागमा आउने उजुरीबाट मात्रै पनि फ्री भिसा फ्री टिकटसम्बन्धी सरकारी निर्णय उल्लंघन भएको देखिन्छ ।  

-त्यस्ता उजुरीलाई पनि विभागले मिलापत्रमै टुंग्याउने गरेको छ । अनुसन्धान तथा मुद्दा शाखामा आउने उजुरीलाई विभागले बिगो रकमका रूपमा मात्रै उल्लेख गर्ने गर्छ । तर, फ्री भिसा फ्री टिकेट उल्लंघन गरेर बढी शुल्क लिएको विषय भने टिपोट गर्ने व्यवस्थासम्म छैन ।

-यसरी दर्ता हुन आएका उजुरीमा बढी शुल्क लिएको भनेर हालसम्म कुनै पनि म्यानपावर कम्पनीलाई कारबाही नगरिएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

विवरण नबुझाउने म्यानपावर कम्पनी

जब सिकर म्यानपावर, सिद्धार्थ गौतम ओभरसिज, प्रिमियर ह्युमन रिसोर्स, युनाइटेड प्लेसमेन्ट इम्लोइमेन्ट सर्भिस, क्यापिटल रिक्रुटमेन्ट सर्भिस, एबिसी ओभरसिज, सारथी आभेरसिज, अस्मिक इन्टरनेटसनल, मुनलाइट इन्टरनेसनल, सिद्धार्थ ग्लोबल सर्भिस, बेटा इन्टरनेसनल, आवर डेस्टिनी इन्टरनेसनल, डायनामिक पोजिसन, सन रे ग्लोबल ओभरसिज, मेरिडायन म्यानपावर, इस्के इन्टरनेसनल, एनएसओ कन्सल्ट, रोयल ओभरसिज, इन्नोभेटिव सर्भिस, बेबी एन्जल इन्टरनेसनल, फायरडोस इन्टरनेसनल, ओम श्री महाशक्ति इम्लोइमेन्ट, ध्वनि इन्टरनेसनल, एसआरएस ओभरसिज, स्तुपा ओभरसिज, रेड रोज इन्टरनेसनल, एनएएस इन्टरनेसनल, स्पिड ओभरसिज, एपोलो ओभरसिज, हामिध इन्टरनेसनल, सार्प ह्युमन रिसोर्स, नेपाल रिक्रुटिङ सर्भिस, राइजिङ स्टार ओभरसिज, कौशिक जनशक्ति इन्टरनेसनल, मुस्ताङ ओभरसिज, सिनमल गोर्खा इन्टरनेसनल, रिजा ओभरसिज, प्लेस नेपाल, एसोसिएट्स वेलकम,

औपचारिकता पूरा गर्न विवरण माग

विभागले फ्री भिसा फ्री टिकटसम्बन्धी व्यवस्था पालना भए–नभएको अनुगमन गर्न भन्दै गत १ चैत ०७३ मा म्यानपावर कम्पनीहरूका नाममा एक साताभित्र विदेशमा पठाइएका कामदारहरूको विवरण उपलब्ध गराउन सूचना जारी गरेको थियो ।

व्यवसायीहरूले तोकिएको अवधि अपुग रहेको भन्दै समय थप्न माग गरेपछि विभागले दुईपटक गरेर २२ दिनको म्याद थप गरेको थियो । झन्डै आठ सय म्यानपावरसँग माग गरिएकोमा अझै ३९ म्यानपावरले भने विवरण नबुझाएको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए ।

उनले भने, ‘विवरण नबुझाउने म्यानपावरमाथि कानुनअनुसार कारबाही अगाडि बढ्छ ।’ यद्यपि विभागमा बुझाइएका विवरणहरू पनि तोकिएको ढाँचामा छैनन् । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य