टेक शाही/भदौ ३, डोल्पा । बिना बिकल्प जुफ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/भदौ ३, डोल्पा । बिना बिकल्प जुफ"/>

2026-10-29 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विना बिकल्प जुफाल बिमानस्थल बन्द, २ महिनादेखि जनता सास्ती खेप्दै


टेक शाही/भदौ ३, डोल्पा । बिना बिकल्प जुफाल बिमानस्थल बन्द गरिए पछि २ महिना देखि डोल्पाली जनताले सास्ती खेप्दैछन । 

जिल्लामा २ वटा बिमानस्थ भए पनि बिना बिकल्प नियमित सञ्चालनमा रहेको जुफाल बिमानस्थ कालो पत्रेको लागि बन्द गरे पछि जनालाइ सास्ती परेको हो । 

लामो समय देखि डोल्पालाइ यातायातको नाका बन्दी गराए पछि नागरिक समाज डोल्पाले जनप्रतिनिधि र सारकोरवाला सँग अन्तक्रिया गरेको नागरिक समाज डोल्पाका अध्यक्ष शेर बहादुर बुढाले जानकारि दिए । उनले भने मसिनेचौर बिमानस्थल सञ्चालनमा ल्याएर डोल्पालाइ नाका बन्दीबाट हटाउन सरकारलाक्ष् आग्रह गरेको छौ । 

निजि यएरलाइन्ससँग भाडादरमा कुरा नमिले पछि पाहाडामा रहेको मसिनेचौर बिमानस्थल सञ्चालन गर्न नँसकेको ठुलीभेरि नगरपालिकाका उपप्रमुख योगेन्द्र बहादुर शाहीले जानकारि दिए । शाहीका अनुसार दुइटा पाग्रे जहाजले उडान नभर्ने र एक पाँग्रे जहाजले भाडा महगो गर्ने भएकाले जनता नै पिडामा पर्ने भएकाले उडान सहज नभएको बताए ।

सबै क्षेत्रमा पहल भएको र जुफाल बिमानस्थलको कालो पत्रे निमार्ण कार्य सम्पन्न गर्नको लागि निर्देशन दिएको सहयाक प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले जानकारि दिए । उनले भने जनताले गुनासो गर्नु स्वभावकि भएको र अब भाद्रको २९ गते सम्म निमार्ण कार्य सकेर जहाजले उडान भर्नेमा बिश्वस्त रहेका छौ । 

पैदल मार्ग नेपाली से्नाले जाजरकोट डोल्पाको भेरि करीडोर निर्माण गरि रहेको छ । पैदल मार्ग जोखिम पूर्ण रहेको छ हवाइ मार्ग छैन जनताले अकालमै ज्यान गुमाउनु परेको नाागरिक समाजका अगुवा सुरेन्द्र ढकालले बताए । ढकालले भने यातायातको माध्यायम कुनै पनि छैन महगि दैनिक आकाशिदै छ नाका बन्दि गरायो सरकारले । 

यातायातको बिकल्प नदिएर जनताको अधिकार खोसेको स्थानिय चन्द्र बहादुर शाहीले आरोप लगाए । उनले भने डोल्पाका जनतालाइ सरकारले अर्के राज्यको बनायो नागरिकको सेवा खोसियो । पैदलको बाटो नेपाली सेनाले बिष्पोट गराएर जोखिम छ मसिनेचौर बिमानस्थल सञ्चालनमा किन आउदैन डोल्पामा जनप्रतिनिधि नै छैनन बाग बहादुर बोहोराले दुखेसो गरे । 

जुफाल बिमानस्थल कालो पत्रेको लागि बन्द गरेको ६४ दिन पुगेको छ । २ महिना बिति सक्दा पनि यातायात सुचारु नभए पछि शुक्रबार नागरिक समाजले प्रधान मन्त्री,पर्यटन तथा नागरिक उड्यन मन्त्री,जिल्लाका साँसद,राजनितिक दल र जिल्ला प्रशासनमा ज्ञापन पत्र पेश गरेको नाागरिक समाज डोल्पाले जानकारि दिएको छ । 

पाहाडाको मसिनेचौर बिमानस्थल यथासिघ्र सञ्चालन गरिनु पर्ने,दैनिक उपभोग्य सामानको अभाब हुन लागेकोले नेपाली सेनाको हेलिकप्टरबाट खाद्यान्न बस्तु र यात्रु ओसार पसार गरिनु पर्ने,ज्ुफाल बिमानस्थलको काम द्रुत गराइ यातायात सुचारु गर्नु पर्ने र समयमा डोल्पालाइ यातायातको नाका बन्दीबाट नहाटाइए प्रधान मन्त्रीको पुत्ला जालउने देखि आन्दोलनका कार्यक्रम गर्ने नागरिक समाजका अध्यक्ष शेर बहादुर बुढाले जानकारि दिए ।

यातायातका कुनै पनि माध्यायम नभए पछि दैनिक उपभोग्य सामानको अभाब हुदै गएको छ । सामाग्रिहरुको अभाब हुदै गए पछि महगि आकाशिदो अबस्थामा रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम