रेशम राज रोकाया/भदौ ४, हुम्ला । आफ्नो जोर्नीको दुखाई भए पछि सर्केगाड गाउँपालिका ८ का लक्ष्मी रोकाया एक्सरे गर्नको लागि साविकको जिल्ला अस्पताल सिमिकोटमा पुगे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

रेशम राज रोकाया/भदौ ४, हुम्ला । आफ्नो जोर्नीको दुखाई भए पछि सर्केगाड गाउँपालिका ८ का लक्ष्मी रोकाया एक्सरे गर्नको लागि साविकको जिल्ला अस्पताल सिमिकोटमा पुगे"/>

२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लाका विरामी एक्सरे गर्न ५० हजार खर्च गर्न बाध्य

२०७४, ४ भाद्र आईतवार ०१:३५


रेशम राज रोकाया/भदौ ४, हुम्ला । आफ्नो जोर्नीको दुखाई भए पछि सर्केगाड गाउँपालिका ८ का लक्ष्मी रोकाया एक्सरे गर्नको लागि साविकको जिल्ला अस्पताल सिमिकोटमा पुगे । 

त्यहाँ डा. नविन रोकाया एक्लै स्वास्थ्य जाँच गर्न १ सय हाराहारीको संख्यामा रहेका विरामी जाँच गर्नमा नै व्यस्त देखिन्थे । उता जिल्ला स्वास्थ्य प्रमूख डा. स्मृती महत महालेखा परिक्षण गर्नको लागि एक टोली आएको हुनाले त्यतै व्यस्त देखिए । 

रगत, पिसाब, दिशा लगायतको परिक्षण गर्नको लागि ल्याब चालु हालतमा रहेको देखियो । भिँडमा पेमा लामालाई एक्सरे गर्नको लागि डा. नविन रोकायाले सिफारिस लेख्छन् । 

तर विरामी एक्सरे गर्ने कर्मचारी खोज्दै अस्पताल पसिरमा दिन भरी नै खोजिरहेको पाईएको थियो । एक्सरे गर्ने कर्मचारी विगत ४ महिना देखी विदामा बसी हिजो मात्र जिल्ला अस्पतालमा पुगेको जानकारी हुन्छ । डा. रोकायाले ४ पटक आफुलाई सो सम्वन्धमा के भएको हो भन्ने बुझ्नको लागि बोलाउँदा समेत आएनन् । 

पाँचौं पटकको बोलावट पछि रेडियोग्राफर दिपक कार्की डाक्टरलाई भेट्न आए । के भएको हो भन्ने बारेमा बुझ्दा बल्ल पो थाहा भयो एक्सरे मेसिन मात्र भएको र आवश्यक पर्ने सामान केही नभएको रेडियोग्राफर दिपक कार्कीले बताउनु भयो ।

 यो जानकारी पछि सेवाग्राहीले एक्सरे गर्न नपाएर घर फर्किए । यो हो हुम्ला जिल्लाको जिल्ला अस्पतालको वास्तविकता । हुम्लाका विरामीले ४ महिना अघि देखी यस्तो समस्या भोग्दै आईरहेका छन् । 

सामान्य एक्सरे सेवा जिल्लामा नहुँदा विरामीले हवाईजहाज चढेर नेपालगञ्ज र सुर्खेतमा झर्नु परेको छ, जसबाट ५० हजार भन्दा बढी खर्च गरेर उपचार गर्नु परेको विरामी रोडिकोटका जयदेवी रोकायाले बताउनु भयो । अन्य लाईनमा रहेका विरामी भन्दै थिए “धनीले मात्र बाँच्न पाउने हाम्रो परिपाटी कहिले अन्त्य हुने हो, गरिबले त औषधी नपाई मर्नु बाहेक कुनै उपाय नभएको बताए ।” 

सरकारले गाउँपालिका र वडा पालिकामा सुविधा सम्पन्न अस्पताल सुविधा सहित सिँहदरबारको सुविधा स्थानिय तहलाई सुम्पिएको जनाए पनि हुम्ला जिल्लामा नै एक्सरे गर्न नपाउँदा हुम्ली विरामीले ५० हजार लगानी गरी सुर्खेत र नेपालगञ्ज जानु परेको छ । हुम्लाकै सुविधा सम्पन भनिएको जिल्ला अस्पतालमा यस्तो सुविधा नहुनुले गाउँपालिका स्तरमा सुविधा सम्पन्न अस्पताल कसरी स्थापना होलान् भन्नेमा सेवाग्राहीले प्रश्न गरिरहेका थिए ।

एक्सरे भवन र मेसिन उद्घाटनमा मात्र सिमित

जिल्ला अस्पतालमा ४ महिना अघि एक्सरे भवन सामुदायिक विकास कार्यक्रमको सहयोगमा निर्माण सम्पन्न भई छुट्टै शाखा बनाईएको भएता पनि हाल भवन बाहेक केही सुविधा नभएको खुल्न आएको छ । उद्घाटनको दिन एकछिन मात्र सञ्चालन गरिएको सो सेवा त्यस पछाडी कुनै विरामी सेवा लिन नपाई बन्द रहेको छ । उता रेडियोग्राफर आफु सरुवा लगायतको अन्य काम भएको भन्दै ४ महिना अघि देखी कार्यालयमा अनुपस्थित रहेको समेत डा. नविन रोकायाले बताउनु भयो । 

हाल जिल्ला अस्पताल, हुम्लामा भएको दरबन्दीमा काम गर्ने कर्मचारी महिनौं विदा लिएर बस्ने गरेको र सेवाग्राहीलाई सेवा नगर्ने डा. रोकायाको भनाई रहेको थियो । यस अघि सामान्य कार्यलय सहयोगी पनि कार्यालयको काममा नलागी व्यक्तिगत काममा लाग्ने गरेको तथ्य उजाग गर्नु भयो । 

आफु र कार्यलय प्रमूख डा. स्मृती महत स्थानिय भएकोले हुम्ला जिल्लालाई स्वास्थ्य क्षेत्रमा २ वर्ष मात्र बसेर भए पनि केही गरौं भन्ने सोच राखेको भएता पनि यहाँका कर्मचारीले सहयोग नगरेको प्रति डा. रोकाया के गर्ने र के नगर्ने भन्नेमा आफु अन्यौलमा रहेको बताउनु भयो । 

काम गर्ने जोश जाँघर छ, भरखर केही गरौं भनेर जिल्लामा आएको विहानै देखी बेलुका ५ बजे सम्म आवश्यकता अनुसार विरामीलाई सेवा दिँदै आएको भएता पनि यहाँको चलेको चलनलाई हटाउन आफु सदा लागि पर्ने समेत बताउनु भयो । 

कुनै कर्मचारी कार्यालयका हाजिर समेत गर्न नआउने र हाकिम र लेखापालले उनीहरुको तलव घरमा नै बुझाउन जानु पर्ने बाध्यता रहेको समेत अस्पताल स्रोतले जानकारी गराएको छ ।

यस्ता उपकरण र आवश्यक पर्ने सामानको लागि व्यवस्थापन समिति सामु बेला बेला भनेको भएता पनि अस्पताल व्यवस्थापन समितिले एक्सरे गर्ने सामान उपलव्ध नगराएको रेडियोग्राफर दिपक कार्कीले बताउनु भयो । 

कार्कीका अनुसार आवश्यक पर्ने सामानको बारेमा व्यवस्थापन समिति जानकार भएको भएता पनि हाल सम्म उपलव्ध नगरिए पछि आफु बेकामी भएको बताउनु भयो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै