भदौ ४, काठमाडौँ | ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि नेपाल पत्रकार महासंघको २५ औँ महाधि"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ४, काठमाडौँ | ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि नेपाल पत्रकार महासंघको २५ औँ महाधि"/>

२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल पत्रकार महासंघको महाधिवेशन काठमाडौँमा सुरु

२०७४, ४ भाद्र आईतवार १०:४९


भदौ ४, काठमाडौँ | ‘व्यावसायिक पत्रकारिताको आधार– प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नाराका साथ काठमाडौँमा आजदेखि नेपाल पत्रकार महासंघको २५ औँ महाधिवेशन शुरु भएको छ । 

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री शेर बहादुर देउवाले देशको समग्र परिवर्तनमा पत्रकारिता जगतले अमुल्य भूमिका खेलेको भन्दै अझै बढी योगदान गर्नुपर्ने जोड दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराए । 

देउवाले नेपालका मिडिया आर्थिक रुपमा कमजोर भएको भन्दै पत्रकारिताको दु:ख आफुले राम्ररी बुझेको बताए । 

उद्घाटन समारोहमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख योगश भट्टराई, नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महत र नेकपा (माओवादी) का प्रवक्ता पम्फा भुसाल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा बिभिन्न शिर्षकका पत्रकारिता पुरष्कार समेत वितरण गरिएको छ ।

नेपाल पत्रकार महासंघको जारी महाधिवेशनले नयाँ कार्य समिति समेत चयन गर्नेछ । यस पटकदेखि दलित र मधेशी सचिव, सात प्रदेशसहित काठमाडौँ उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० प्रदेशमा नयाँ नेतृत्व चयन हुनेछन । त्यस्तै प्रत्येक प्रदेशबाट दुई केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । 

देशभरका करिव १० हजार पत्रकार आवद्ध रहेका महासंघको महाधिवेशनमा एक हजार ५ सय १५ प्रतिनिधिको सहभागिता रहनेछ । 

तश्विर: प्रकाश धौलाकोटी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै