नयाँ लगानीकर्ता समेतको सहभागितामा सम्पन्न भएको उक्त साध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नयाँ लगानीकर्ता समेतको सहभागितामा सम्पन्न भएको उक्त साध"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कुबेर मर्चेन्ट फाईनान्स लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न

२०७४, ४ भाद्र आईतवार १३:३६

भदौ ४, काठमाडौँ | कुबेर मर्चेन्ट फाईनान्स लिमिटेडको ११औं वार्षिक साधारण सभा यहि सम्पन्न भएको छ ।


नयाँ लगानीकर्ता समेतको सहभागितामा सम्पन्न भएको उक्त साधारण सभामा अर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन, प्रबन्ध पत्र तथा नियमावलीको संशोधन सँग सँगै पूँजी बृद्दी एवं कम्पनीको नाम परिर्वतन सम्बन्धी (प्रस्तावित सिटी एक्सप्रेस इन्टरनेशनल फाइनान्स लिमिटेड) प्रस्तावहरु पारित भएको व्यहोरा कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत श्री गोपाल घिमिरेले जानकारी दिनुभयो । उक्त अवसरमा सभाका निर्णयहरु नियामक निकायहरुको स्विकृती पछि लागू हुने जानकारी गराइएको छ । 

कम्पनीको ११औं वार्षिक साधारण सभामा संचालक समितिको निर्वाचन सम्पन्न गर्दै श्री चन्द्र टण्डन र श्री सन्दिप शर्मालाई नयाँ संचालक सदस्यमा निर्वाचित गरेको छ ।

टण्डन संचालक पदमा निर्वाचित भएपछी शेयर सदस्यहरुको जिज्ञासा मेटाउने क्रममा संस्थालाई ३ देखि ४ वर्ष भित्रमा नाफाको अवस्थामा ल्याइने तथा सबै शेयर सदस्यहरुको राय एवं सुझाव लिई संस्थालाई एक प्रतिष्ठित वित्तिय संस्थाको रुपमा स्थापित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संस्थामा पारदर्शिता तथा संस्थागत सुशासन जस्ता विषयलाई प्रभावकारी रुपमा कार्यान्वयन गरी चाँडै नै समस्याग्रस्त अवस्थाबाट मुक्त गराउने पनि जानकारी गराउनुभयो ।

साथै साधारण सभा सम्पन्न पश्चात बसेको संचालक समितीको २५० औं बैठकले श्री चन्द्र टण्डनलाई अध्यक्षमा चयन गरेको बारे कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत श्री गोपाल घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी