भदौ ५, काठमाडौँ । काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा-८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् । 

काठमाडौंमा रोजगारी गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ५, काठमाडौँ । काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा-८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् । 

काठमाडौंमा रोजगारी गर"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बगर बन्यो बस्ती: राजदेवले आफ्नै गाउँ पत्ता लगाउन सकेनन्

२०७४, ५ भाद्र सोमबार ०१:४१


भदौ ५, काठमाडौँ । काठमाडौंबाट घर फर्किएका सप्तरी लोहजरा-८, बुधेवाका ३८ वर्षीय राजदेव रामले आफ्नै गाउँ पत्ता लगाउन सकेनन् । 

काठमाडौंमा रोजगारी गर्ने रामले निकै बेरमा गाउँको अनुमान त लगाए तर घर भेट्टाउन सकेनन् । महुली खोलाको बाढीले बस्तीलाई बगरमा परिणत गरिदिएका कारण उनले घर भएको ठाउँ पत्ता लगाउन नसकेका हुन् । बाढीले घर बगाएको सुनेर गाउँ फर्केका उनले भने, ‘मेरो र चार दाजुभाइ सबैको घर भएको बस्ती त बगर पो बनिसकेको रहेछ ।’

यति ठूलो क्षति

श्रीमती सरितादेवी रामले टेलिफोनमा ‘बाढीले घर बगायो’ भन्दा उनले यति ठूलो क्षति भयो होला भनेर सोचेका रहेनछन् । तर, गाउँ पुगेपछि उनले यथार्थ थाहा पाए । 

साउन २८ गते बिहान बाढीले बुधेवा टोलका ५० परिवारको घर-खेत बगाएको थियो । डुबानका कारण तीन सय घरमा क्षति पुगेर बस्न नसक्ने अवस्था छ । दर्जनौं गाईवस्तु, खसीबाख्रा मरे । घर बगाएका र भत्किएकाहरू अधिकांश चन्द्र नहरको डिलमा आश्रय लिएर बसेका छन् भने केही बाटोछेउको उँचो जमिनमा छन् ।

घर बन्यो बगर 

‘घरमा श्रीमान् थिएनन्, घर डुबाउँदै लगेपछि सबै सामान छाडी तीन छोरी र एक छोरालाई लिएर पौडेर जोगिएँ’, सरितादेवीले भनिन्, ‘हामी बस्ने घर भएको ठाउँमा बाढीको भंगालो बगेपछि बगर भएको छ ।’

छोरीलाई लिएर पौडिएर बाँचें

रामका दाजु राजेन्द्र भने छुट्टी नपाउँदा अझै गाउँ आउन पाएका छैनन् । 

उनकी श्रीमती भुटीदेवीले दुःख पोख्दै भनिन्, ‘बाढीले टोलका सबै घर बगाएर बगर बनाइदियो । जताततै पानी नै पानी थियो, भाग्ने ठाउँ पनि थिएन । ज्यान जोगाउन आपत भएपछि घरका सबै सामान छाडेर सात छोरीलाई लिएर पौडिएर बाँचें ।’

खाटमाथि बाकसमा छोरी

असार १७ गते बाढीले मैनाकडेरी भेडियामण्ठनजिक महुली खोलाले भत्काएको बाँध सुरक्षाकर्मीले मर्मत गरेपछि स्थानीयले सुरक्षित महसुस गरेका थिए । तर, साउन २६ मा मुसलधारे वर्षा भयो । 

त्यसको दुई दिनपछि शनिबार बिहान खोलामा पानीको बहाव अत्यधिक बढ्यो । ‘पहिले खाटमा चढें, खाट डुबेपछि खाटमाथि टिनको बाकस राखेर सबै छोरीलाई बसाएँ । 

पानीको बहाव झन्-झन् बढ्दै गयो’, भुटीदेवीले भनिन्, ‘जब विस्तारै खोल्साखाल्सी, खेत, नहरतिर पनि पानीको बहाव बढ्दै गयो तब सबैतिर कोलाहल मच्चियो, छोरीहरू अत्तालिएर रुन, कराउन थाले ।’ त्यसपछि सबै सामान छाडी छोरीलाई बोकेर निस्किएको उनले सुनाइन् ।

राहत पुग्न सकेन

सदरमुकाम जोड्ने पुल भत्किएकाले सवारीसाधन ठप्प हुँदा उक्त ठाउँमा राहतसमेत पुग्न सकेको छैन । ‘आफू भोकै बसे पनि स-साना नाति-नातिनी भोकले रोएको देखेर सहनै गाह्रो भयो’, झबरीदेवीले भनिन् । उनीजस्ता बुधेवाका दुई सय ५० परिवार घरबारविहीन भएका छन् । -अन्नपूर्ण पोस्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा