भदौ ५, काठमाडौं | मतदाता नामावली संकलनको काम सनिबार सकियो तर त्यहि दिन बुढानिलकन्ठ नगरपालिकामा एमालेले आफूखुसी एकपक्षीय ढंगले मध्येराति मतदाता नामावली संकलन गरेको भेटियो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ५, काठमाडौं | मतदाता नामावली संकलनको काम सनिबार सकियो तर त्यहि दिन बुढानिलकन्ठ नगरपालिकामा एमालेले आफूखुसी एकपक्षीय ढंगले मध्येराति मतदाता नामावली संकलन गरेको भेटियो"/>

2026-07-25 02:28 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले मच्चाएको बुढानिलकण्ठ घटना: नरपालिकामा ताला, दुई नेता सहित प्राविधिक प्रहरी खोरमा

भदौ ५, काठमाडौं | मतदाता नामावली संकलनको काम सनिबार सकियो तर त्यहि दिन बुढानिलकन्ठ नगरपालिकामा एमालेले आफूखुसी एकपक्षीय ढंगले मध्येराति मतदाता नामावली संकलन गरेको भेटियो । 

त्यहि क्रममा त्यहाँ पुगेका पत्रकारहरुलाई समेत समाचार रिपोर्टिंग गर्न समेत दिईएन । घटनामा सबैभन्दा बढी दोषी मानिएका एमाले नेता दिपक निरौलालाई घटनास्थलबाट भगाईएको भनिएपनि आइतबार उजुरी परेपछि प्रहरीले तीन जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा एमाले नेता तथा नगर समिति संयोजक दीपक निरौला, निर्वाचन कार्यालयबाट खटिएका प्राविधिक अधिकृत खड्गी र वडा नं. ९ का वडाध्यक्ष राजेन्द्र सापकोटा छन् । 

साथै घटनापछी बूढानीलकण्ठ नगरपालिकामा कांग्रेस, माओवादीका कार्यकर्ता र स्थानीयले आइतबार तालाबन्दी गरिदिएका छन् । आइतबार दिनभर नगरपालिकाको कार्यालयमा तालाबन्धि भएपछी दिनभरको काम प्रभावित भयो । कांग्रेस, माओवादी सहित स्थानीयले एमालेबिरुद्ध नाराबाजी गरे । त्यसैक्रममा भेटिएका एक जनाले आक्रोशित हुँदै भने – ‘घटनालाई सामान्य कसरी भन्ने ? निर्वाचन सम्बन्धि एकपक्षीय काम गर्न पाइन्छ ? यहाँ सरासर निर्वाचन आयोगकै निस्पक्षतामा धज्जी उडाउने काम भएको छ ।’

प्रहरीले पक्राउ गरेको जिल्ला निर्वाचन कार्यालयका खत्रीलाई बूढानीलकण्ठ नगरपालिकाको सिफारिसमा शनिबारसम्मका लागि करारमा नियुक्त गरिएको थियो । 

कांग्रेस तथा माओवादीको अनुसार घटनामा नगरपालिकाका कर्मचारीको समेत मिलेमतो छ । कांग्रेस/माओवादीले दोषीमाथि छानबिन गरी दोषीमाथि कारबाही नगरेसम्म नगरपालिकाको तालाबन्दी नखोलिने बताएका छन् । घटनामा एमालेले एकलौटी ५६ जनाको मतदाता नामावलीको लागि फोटो खिचाइसकेको पाईएको छ भने अन्य डेढ सयको जनाको हाराहारीमा लाईन लगाईएको भेटिएको थियो । 

आइतवार भएको संसद बैठकमा कांग्रेस नेता तथा सांसद गगन कुमार थापाले बूढानीलकण्ठमा भएको यो घटनाले निर्वाचनको पवित्रतामाथि प्रश्न उठाएको भन्दै निर्वाचन सामग्री एकलौटी प्रयोग गरिनु चोरीको संज्ञा दिएका थिए । उनले दोषीमाथि यथाशीघ्र कारबाही गर्नुपर्ने भन्दै सांसदहरुको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक