भदौ ६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया ? ‘&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया ? ‘&n"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद नै यसरि ठगिन्छन् ट्याक्सी चालकबाट, अरूको हालत के होला ?

२०७४, ६ भाद्र मंगलवार ०१:३९


भदौ ६, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया ? ‘ 

उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, ‘बिहार से आया हुँ, मिलन चोक जाना है।’ धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर चलाउन भने तर उसले जाम हुनेलगायत समस्या देखाएर चलाएन। उनी चुपचाप बसे। 

चालकले विमानस्थलबाट दरबारमार्ग, माइतीघर मण्डला हुँदै बानेश्वरभित्रको मिलन चोक पुर्‍यायो। सांसद यादवले भाडा कति भयो भनेर हिन्दीमै सोधे। चालकले नौ सय माग्यो। ‘ए भाइ, म बिहारी होइन। नेपाली सांसद हुँ, ट्राफिकको डीआईजी सर्वेन्द्र खनाललाई फोन गरेर भन्छु अनि तिर्नुपरेको सबै तिरौंला’, उनले नेपालीमा भने। चालक अबचाहिँ डरायो र भन्यो, ‘होइन हजुर, त्यसो नगरौं। ३ सय दिए पुग्छ।’

सांसद यादवले यस्तो व्यथा संसद्को विकास समिति बैठकमा सोमबार सुनाएका हुन्। ‘ट्याक्सी सेवामा गुणस्तरीयता, प्रभावकारिता एवं उपभोक्ता ठगी नियन्त्रणका लागि भएका प्रयास’ शीर्षकको बैठकमा सांसदहरूले राजधानीमा ट्याक्सी चढ्दाका तीता अनुभव पोखे।

सांसद तुलसा राना मगरले हालै अनामनगर, हनुमानस्थानबाट अन्य ३ सांसदसहित शान्तिनगर जान खोज्दा ट्याक्सी चालक मानेनन्। नियमतः यात्रुले भनिसकेपछि चालकले उपत्यकाभित्र बाटो पुग्ने जुनसुकै ठाउँ जानैपर्छ। पहिलोले नमानेपछि मगर दोस्रो ट्याक्सीतिर गइन्। तर दोस्रो चालकले पनि मानेन।

उनले क्षुब्ध हुँदै ‘ट्राफिक कन्ट्रोललाई फोन गरिदिऊँ ? ‘ भनिन्। चालक किन पो गल्थ्यो र ! उसले आफ्नै मोबाइल तेस्र्याउँदै जवाफ दियो, ‘हुन्छ, ल मेरैबाट गर्नोस् न !”हामी हतारमा थियौं। केही गर्न सकेनौं। हामीजस्ताले त निरीह बन्नुपर्छ भने सर्वसाधारणको हविगत के होला ? ‘ सांसद मगर भन्दै थिइन्।

यस्तै, रोचक कथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनकुमार शाहीले सुनाए। एयरपोर्टमा ट्याक्सीको अवस्था बुझ्न पर्यटक बनेर गरेको अनुगमनको अनुभव उनीसँग रहेछ। ‘मैले त्यहाँको अवस्था हेरिसकेपछि नीतिगत सुधारलगायत विषयमा निर्देशन दिएँ। त्यति गर्दा ट्याक्सी चालकमध्येको एउटा बुजु्रकले भनेको सुनें- यो मन्त्री कुन पार्टीको हो ? यसको सरुवा गर्दिनुपर्‍यो। अब बुझ्नुहोस् उनीहरूको दबदबा कति छ भनेर।’

ट्याक्सीचालकले कस्ता ग्राहक खोज्छन् भन्ने उदाहरण सांसद डा. शिवजी यादवले पेस गरे। उनले भने- ‘चोकमा ३÷४ वटा ट्याक्सी क्यूमा हुन्छन्। सिंहदरबार जाऊँ भन्दा कुनै मान्दैनन्। त्यहाँ जाँदा बढी पैसा लिन पाइँदैन भन्ने उनीहरूलाई थाहा छ।’ सांसद वैजनाथ चौधरीले कटाक्ष गरे, ‘नीति बनाउनेहरूबाटै भ्रष्टाचार हुन्छ, तलकालाई कारबाही गरेर के हुन्छ ? ‘

विकास समितिका सभापति रवीन्द्र अधिकारीले ट्याक्सीबाट ग्राहक ठगिने विषयलाई सिन्डिकेटसँग जोडे। ‘रुटवाला ट्याक्सी किन्दा प्रचलित सवारी मूल्यभन्दा ५० प्रतिशत बढी तिर्नुपर्ने अवस्था छ। 

यो सिन्डिकेट हो। यस्तो अतिरिक्त खर्चको भार अन्ततः यात्रुमाथि नै पर्ने हो,’ उनले भने। अधिकारीले मन्त्रीबाटै स्वार्थ राखेर काम हुँदा असर तलसम्म पर्ने उल्लेख गरे। दैनिक जनजीवनका समस्या संसद्मै उठाए पनि यातायात क्षेत्रमा सुधार नआएको उनको भनाइ छ।

बैठकमा उपभोक्ता मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले यातायात देशको रक्तसञ्चार भए पनि क्यान्सर लागिसकेको बताए। ‘कुनै पनि देश कसरी चलेको छ भनेर हेर्ने प्रमुख सूचक सार्वजनिक यातायात हो’, उनले भने, ‘दक्षिण एसियामा नेपालका ट्याक्सीले लिने भाडा यसै पनि सबैभन्दा महँगो छ। त्यसमाथि मान्छे हेरेर लुट्ने प्रवृत्ति छ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी सर्वेन्द्र खनालले चुस्त र सहज सेवा दिने हो भने ट्याक्सीचालकमाथि कारबाही गर भनी ट्राफिक प्रहरीलाई अह्राएर मात्र नपुग्ने बताए। 

‘म मेरो क्षेत्रको सम्पूर्ण जिम्मा लिन्छु। यस्तै प्रतिबद्धता नापतौल तथा गुणस्तर विभाग र यातायात व्यवस्था विभागबाट पनि आउने हो भने १५ दिनभित्रै यो क्षेत्र सुध्रिएको महसुस गर्न सकिन्छ,’ उनले भने। -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन