2026-09-15 10:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

‘हेराफेरी ३’मा कामगर्न अस्वीकार गरेपछि परेश रावल विरुद्ध मुद्दा, २५ करोड रुपैयाँ माग

काठमाडौँ । बलिउड फिल्म ‘हेराफेरी ३’ केही समयदेखि चर्चामा छ। हालै अभिनेता परेश रावलले यो फिल्ममा काम गर्न अस्वीकार गरेका थिए। यसैबीच, अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस केप अफ गुड फिल्म्स मार्फत परेश रावललाई कानुनी सूचना पठाएको खबर बाहिरिएको छ। जुन सूचनामा उनले फिल्मको छायांकन बीचैमा छोडेर अव्यवसायिक तरिका अपनाएकोमा २५ करोड भारतीय रुपैयाँ माग गरेका छन्।

खासमा अक्षय कुमार यस फिल्मका मुख्य अभिनेताका साथै निर्माता पनि हुन्। उनले फिरोज नाडियाडवालाबाट फिल्म ‘हेराफेरी ३’ को अधिकार कानुनी रूपमा खरिद गरेका छन्।

एचटीको रिपोर्ट अनुसार, मुद्दासँग सम्बन्धित एक कानुनी स्रोतले भन्यो, ‘परेश रावलले आफ्नो पेशागत जिम्मेवारी राम्ररी पूरा गरेनन्। यदि उनी फिल्म गर्न चाहँदैनथे भने सुटिङ सुरु हुनुभन्दा अगाडि र पैसा खर्च हुनुभन्दा अगाडि नै उनले अस्वीकार गर्नुपर्थ्यो। अब बलिउडमा यो कुरा स्पष्ट पार्नुपर्ने समय आएको छ कि हलिउडमा जस्तै यहाँ पनि कोही पनि आफ्नो इच्छाले फिल्म छोड्न सक्दैन।’ स्रोतका अनुसार यो फिल्मका लागि उनलाई सामान्य पारिश्रमिकभन्दा तीन गुणा बढी पारिश्रमिक दिइँदैछ।

बलिउड हंगामाको रिपोर्ट अनुसार, परेश रावल आफैंले फिल्म हेरा ‘हेराफेरी ३’ छोडेको पुष्टि गरेका छन्। मिडिया रिपोर्टका अनुसार फिल्म छोड्नुको कारण निर्माताहरूसँगको रचनात्मक मतभेद रहेको बताइएको छ। यसअघि अक्षय कुमारले पनि २०२२ मा फिल्मबाट पछि हटेका थिए, जसले दर्शकहरूलाई निराश बनायो, तर पछि उनी फिल्ममा फर्किए। त्यस्तै, परेश रावलले पनि पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाँदर धपाउन चलाएको भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु सभामुखको निर्देशनपछि खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयो यात्रुवाहक गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन : देउवा जनताले भोग्नुपरेको कष्ट, महँगी र अव्यवस्थित शासन व्यवस्थाको जिम्मेवारी सरकारले लिनुपर्छ: सांसद बराल सेयर बजारमा हरियाली, नेप्से ४८ अंकले बढ्यो बाढीपीडितको शारीरिक र मानसिक स्वास्थ्यमा सरकारको विशेष ध्यान आवश्यक : सांसद राना पहिचान खुलिसकेका शव तत्काल परिवारलाई बुझाउन सरकारसँग सांसद ओलीको माग भोटेकोशीको बाढीलाई दैवी प्रकोप भन्न मिल्दैन, यो प्राकृतिक विपत्ति हो : जगदीश खरेल रसुवा बाढीमा १,३९९ शव फेला, ४,०८९ जना अझै बेपत्ता जलवायु संकट न्यूनीकरणमा विश्वसमुदायसँग सहकार्यको आह्वान गरिनेछ : प्रधानमन्त्री शाह मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्बभन्दा बढी जम्मा सुनचाँदीको मूल्य घट्यो चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु