भदौ ६, झापा ।बाढीको कारण झापामा मात्रै ११ को ज्यान गयो । यहि हेडलाईन राखेर पत्रपत्रिकामा प्रकाशित पनि भयो । अझ सरकारी स्वामित्वकै राष्ट्रिय समाचार समितिबाट यो समाचार सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ६, झापा ।बाढीको कारण झापामा मात्रै ११ को ज्यान गयो । यहि हेडलाईन राखेर पत्रपत्रिकामा प्रकाशित पनि भयो । अझ सरकारी स्वामित्वकै राष्ट्रिय समाचार समितिबाट यो समाचार सम"/>
२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आफ्नो मृत्युको समाचारले विन्दू सिटौला आश्चर्यमा, किन भयो यस्तो ? (हेर्नुहोस् भिडीयो)

२०७४, ६ भाद्र मंगलवार ०२:३०

भदौ ६, झापा ।बाढीको कारण झापामा मात्रै ११ को ज्यान गयो । यहि हेडलाईन राखेर पत्रपत्रिकामा प्रकाशित पनि भयो । अझ सरकारी स्वामित्वकै राष्ट्रिय समाचार समितिबाट यो समाचार सम्प्रेशण भएपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा प्रचार भयो कि गुमाउनेमा विन्दु सिटौला लगायतहरु छन् । र यहि समाचार अनलाईन माध्यमहरुमा पनि प्रकाशित भए ।

आफ्नो मृत्युको समाचार आफैंले सुन्दा तपाई कस्तो अनुभव गर्नुहुन्छ होला ? यो कल्पना समेत गर्न नसकिने प्रसंग यथार्थमै भइदियो, झापाकी बिन्दु सिटौलाको जीवनमा । झापा दमक–५ की बिन्दु सिटौलाले आफ्नो मृत्युको खबर आफैले सुनिन्, हेरिन र पढिन् पनि । र त्यसयता उनी मानसिक तनावमा छिन् । उनको मृत्युको बखर सुनेका आफन्त र शुभचिन्तक समवेदना प्रकट गर्छन् । कतिपय घरमै आउछन् र घटनाबारे बुझ्छन् । जसले गर्दा उनलाई मानिसक पिडा छिन् ।

गत साउन २७ गते शुक्रबार झापामा अबिरल बर्षासँगै आएको बाढीले झापामा धेरैले ज्यान गुमाए । र विभिन्न स्थानहरुबाट मृत्युका खबरहरु आए । बाढीले बगाएर सोही दिन राती बिन्दुको लक्की ट्रेडर्स एण्ड सप्लार्यसका कामदार भारत सिलीगुढीका तपोस मण्डलको मृत्यु भयो । स्थानीय दिपीनी खोलाले बगाएर तपोस मण्डलको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय झापा र रेडक्रस झापाले मण्डल भारतीय नागरिक भएकाले ‘बिन्दु सिटौलाको फर्निचर उद्योगमा काम गर्ने तपोस मण्डलको मृत्यु भएको’ भनी पुष्टी गरे । तर, कतिपय सञ्चार माध्यमले मृतक तपोस मण्डलको नाउ नहेरी बिन्दु सिटौलाको मृत्युको खबर प्रकाशन, प्रशारण गरे । त्यसपछि सिटौलाको मृत्युको खबर फैलियो र यसले उनलाई निक्कै दुखित बनाएको छ ।

मृत्युको न्यूज सुनेपछि आफ्नो व्यवसायमा नराम्रो प्रभाव परेको बिन्दुको अनुभव छ । आफुले त्यस्तो समाचार सुने यता आफु बिरामी समेत परेको उनी बताउँछिन् ।बिन्दुका श्रीमान् गौरव पाठकले आफ्नो मृत्युको न्यूज सुनेपछि बिन्दु मानसिक रुपमा तनावमा रहेको बताए । बिन्दु गर्भवती समेत रहेकाले यसको असर बच्चामा पर्ने भन्दै गौरवले चिन्ता व्यक्त गरेका छन् ।

साँच्चै त्यो समाचार पढेका अनी सम्पर्कमा नरहेका आफन्तहरुले विन्दु रहिनन् नै भनेका छन् । अनी सबै आफन्तहरुलाई शोकमग्न बनाएको छ । एउटा समाचार जुन प्रमाणित र पुष्टि विना नै प्रकासन प्रसारण गरिदिँदा विन्दुका परिवार पिडित बनेका छन् भने समाचारको विश्वसनीयता नै गुमेको छ । र अहिलेपनि विन्दुलाई नराम्रो लागेकै छ । र, यस्ता न्यूजहरुले समग्र पत्रकारिता क्षेत्रकै विश्वनियतामाथि शंका थपेको छ । र, यस्ता प्रवृत्तिहरु सच्चाउन विन्दू र उनका परिवारको आग्रह छ । – न्युज-24 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो