२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरियो, लोडसेडिङ हुँदा पनि झिलिमिली

६ भाद्र २०७४, मंगलवार ०३:०२


भदौ ६, नवलपरासी । हुप्सेकोटमा हावाबाट १० किलोवाट बिजुली उत्पादन गरिएको छ । हुरहुरे डाँडामा जडान गरिएका दुईवटा पंखाबाट निकालिएको उक्त बिजुली स्थानीय ५८ घरपरिवारले प्रयोग गरेका छन् । 

हरेक घरलाई २५० वाटका दरले प्रयोग गर्न दिइएको छ । अन्य स्थानमा लोडसेडिङ हुँदा पनि हुप्सेकोट ६ मा भने बत्ती जाँदैन । टुकीको भरमा रहेको दुर्गम बस्ती हावाबाट बिजुली निकालेपछि झिलिमिली बनेको हो । 

केही वर्ष पहिलेसम्म दिनभर हावा चल्दा दिक्दार मान्ने हुरहुरेका स्थानीयलाई हाल त्यही वरदान सावित भएको छ । नवनिर्वाचित अध्यक्ष लक्ष्मी पाण्डेले गाउँपलिकाको नीति तथा कार्यक्रममा ‘उज्यालो हुप्सेकोट’ कार्यक्रममार्फत थप बिजुली निकालेर स्थानीयलाई वितरण गर्ने जनाइन् । 

यहाँका ५८ घरपरिवारले बिजुली प्रयोग गर्दै आएकामा अन्यलाई समेत सुविधा दिने उनले बताइन् । हुरहुरे डाँडामा जडिएका पंखाबाट १० किलोवाट बिजुली निस्केसँगै सौर्य ऊर्जाबाट उत्पादन भएको दुई किलोवाट बिजुली पनि जोडिएको छ । 

त्यसलाई हरेक घरमा बाँडिएको छ । अहिले चारवटा बत्ती बाल्दा एउटा घरमा २० वाट बिजुली मात्रै खपत भएको छ । यसका लागि वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा केन्द्र स्थापना गरीदिएको हो । 

हावाबाट बिजुली निस्कने कुरालाई सुरुमा स्थानीयले विश्वास गरेका थिएनन् । ‘हावाबाट बिजुली निकाल्ने सुन्दा सुरुमा हाँसो बन्यो,’ स्थानीय गमबहादुर रानाले भने, ‘यही हावाले लोडसेडिङ नै नहुने राष्ट्रिय प्रसारण लाइनको भन्दा पनि भरपर्दो बिजुली दिएको छ ।’ 

गाउँलेले न्यूनतम शुल्क तिरेर मर्मत सम्भार र दिगो सञ्चालनका लागि कोषसमेत खडा गरेका छन् । हावा नचलेका बेला घामबाट र घाम नलागेका बेलामा हावाबाट बिजुली निस्कने हुँदा सहज भएको स्थानीय बताउँछन् । -कान्तिपुर दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो