२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

९ जेष्ठ २०८२, बिहीबार १२:१३

काठमाडौँ | नेपाली फिल्ममा ‘लभर ब्वाई’ को भूमिकामा रुचाइएका अभिनेतामध्ये एक हुनुहुन्छ, आर्यन सिग्देल । चलचित्र ‘किस्मत’ मार्फत अभिनयको सुरुआत गर्नुभएका उहाँले प्रेम कथानक चलचित्रमा धेरैजसो भूमिका खेल्नुभएको छ । दर्शकले अभिनेता सिग्देलको यस्तै अभिनय रुचाएपछि होला, निर्माता र निर्देशकले पनि एकै प्रकारको भूमिका प्रस्ताव गरेको ।

यद्यपि अभिनेता सिग्देल आफूलाई एकै भूमिकामा सीमित गर्न चाहनुहुन्न । त्यसैले नै उहाँले ‘होमवर्क’ मा दोहोरो भूमिका निर्वाह गर्नुभयो । जसमा बुबाको भूमिकामा प्रस्तुत हुँदा धेरै दर्शकले उहाँलाई चिनेनन् । त्यसपछि ‘नाइके’ मा द्वन्द्व प्रधान भूमिका गर्नुभयो । आफ्नो ‘लभर ब्वाई’ को छवि मेट्न उहाँ दुवै चलचित्रबाट असफल हुनुभयो ।

“मैले आफूलाई बदल्ने कोसिस नगरेको होइन, विविध कारणले त्यो सम्भव भएन । मैले गरेका प्रयास असफल हुँदा मैले नियमित रूपमा गरिरहेकै भूमिका सही हो किजस्तो पनि लाग्यो, तर बिस्तारै चलचित्र निर्माण शैलीमा आएको परिवर्तनका कारण मैले अभिनय गरेका चलचित्रहरू दर्शकका रोजाइमा कम पर्न थाले । फलतः मेरो उपस्थिति कम भयो”, अभिनेता सिग्देलले भन्नुभयो ।

उहाँलाई बदल्न वा नयाँ किसिमले प्रस्तुत गर्न निर्माताले पनि आँट गरेनन् । ‘गुड लुकिङ’ सँगै अभिनय गर्न सक्ने अभिनेता सिग्देल बिस्तारै चलचित्रबाट टाढिएको जस्तो भयो, तर गत वर्ष प्रदर्शन भएको चलचित्र ‘पुजार सार्की’ पश्चात् उहाँको छवि फेरियो । ‘लभर ब्वाई’ का रूपमा परिचित अभिनेता सिग्देल अहिले अन्य पात्रमा पनि प्रस्तुत भइरहनुभएको छ । “मैले आफूलाई परिवर्तन गर्न मलाई फरक रूपमा दर्शकसामु ल्याउनुभयो । अहिले म पात्रमा रमाउन थालेको छु”, अभिनेता सिग्देलले भन्नुभयो ।

उहाँलाई मात्र नभई ‘प्रेम गीत’ चलचित्रमार्फत ‘प्रेम’ उपनामले समेत चिनिनुभएका अभिनेता प्रदीप खड्कालाई समेत निर्देशक राउतले ‘स्टारडम’ को छाया बाहिर ल्याएर अभिनय गराउनुभयो अर्थात् सुकिलामुकिला कपडा, आकर्षक शरीर र काल्पनिक दृश्यमा प्रस्तुत हुने अभिनेता खड्कालाई जुम्लाको ग्रामीण परिवारको युवकका रूपमा निर्देशक राउतले ‘प्रकाश’ मा प्रस्तुत गर्नुभयो । त्यसपछि अभिनेता सिग्देल र खड्कालाई निर्देशक राउतले ‘पुजार सार्की’ मा एकसाथ अभिनय गराउनुभयो ।

‘लभर ब्वाई’ को छवि बनाउनुभएका दुई अभिनेता ग्रामीण भेगका युवा झैँ देखिनुभयो । अन्य निर्देशकले कल्पना पनि नगर्नुभएको भूमिका निर्देशक राउतले सोच्नुको कारण सामीप्यता भएको बताउनुभयो । “मैले उहाँ दुईलाई भेट्दा चललचित्रमा गरिरहेको भूमिका र चलचित्रप्रतिको चेतनामा फरक पाएँ किनकि उहाँहरू पनि आफूले गर्ने भूमिकामा मात्र सीमित हुने सोचमा हुनुहुन्थेन । मैले उहाँ दुईमा देखेको सोचले नै छवि बदल्ने भूमिका सुनाए । उहाँहरूले विश्वास गरेकै कारण चलचित्र सफल हुनाका साथै दर्शकले पनि रुचाउनुभयो”, निर्देशक राउतले भन्नुभयो ।

उहाँले अभिनेतालाई एकै किसिमको भूमिकामा सीमित गर्न नहुने विचार राख्नुभयो । सोही कारण आफ्ना प्रायः चलचित्रमा निर्देशक राउतले फरक भूमिकामार्फत नयाँ छवि निर्माण गर्नुहुन्छ । “कलाकारलाई दर्शकले हेर्ने नजरिया कुनै न कुनै चलचित्रमार्फत नै निर्माण भएको हो, त्यसैले हामीले नयाँ प्रयोग गर्न डराउनु हुँदैन । सधैँ बजारमा चलेको ‘ट्रेन्ड’ लाई पछ्याउनु हुँदैन, हामीले नयाँ कुरा बजारलाई दिनुपर्छ”, उहाँले भन्नुभयो ।

राउतले निर्देशन गर्नुभएको चलचित्र ‘महाभोज’ आगामी १५ जेठमा प्रदर्शन हुँदैछ । उक्त चलचित्रमा अभिनेता सिग्देलसँगै दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, पुस्कर गुरुङ, मलिका महतलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली