Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सशस्त्र प्रहरी जवान मृत फेला, घटना रहस्यमयी

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ ८, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

यहाँको गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार भीमदत्तनगरपालिका–३ घर भएका जवान कुँवरको बिहीबार बिहान शव भेटिएको हो । उहाँको साथमा रहेको मोटरसाइकल घटनास्थल नजिकै भेटिएको छ ।

कुँवरको हत्या गरिएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटनास्थल पुग्नुभएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताउनुभयो । रासस