३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विकासका काममा सबैले सहयोग गर्नुपर्नेमा जोड

१२ जेष्ठ २०८२, आईतवार १३:२८

काठमाडौँ | कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार विकास, जनताको जीवनस्तर उकास्नेलगायत काममा सरकारी, निजी क्षेत्रसहित सरोकार भएका सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

निर्माणको काम सरकारी कार्यालय र निर्माण व्यवसायीको मात्र नभएको बताउनुभयो । स्थानीयवासी र सरोकारवाला निकायको सकरात्मक सोच, निगरानी तथा भरोसाले पनि विकास निर्माणका काममा सहयोग पुग्ने बताउनुभयो ।

आज बिहान कर्णालीलाई लुम्बिनी र सुदूरपश्चिम प्रदेशसँग छोटो दूरीमा जोड्ने मूलपानी–रानीघाट–तेलपानी–भुरिगाउँ खण्डको सुरुआती बिन्दु वीरेन्द्रनगर–२ पलाटेमा मूलपानी–रानीघाट खण्डअन्तर्गत सात किलोमिटर सडकको स्तरोनन्ति कार्यको सुभारम्भ गर्दै उहाँले पूर्वाधार विकासका काममा सरकारी निकाय र निर्माण व्यवसायीको मात्र जिम्मेवारी नहुने उल्लेख गर्नुभयो । उहाँले सबैको सहकार्य र समन्वयमा उपलब्धिमूलक काम गर्न सकिने धारणा राख्नुभयो ।

पूर्वाधार विकास निर्देशनालयले उक्त ठेक्का लगाएको थियो । यस सडकले पूर्णता पाएको खण्डमा बर्दिया र सुदूरपश्चिम प्रदेश जान बाँकेको कोहलपुर धाउनुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्रीले बताउनुभयो । “विकास यथाशीघ्र हुनुपर्छ, त्यसमा सबैको चासो हुनुपर्छ । रु ३२ करोडमा ठेक्का खोलिएकामा निर्माण व्यवसायीले रु १८ करोडमा उक्त ठेक्का लिएर कामको सुरुआत गरेको छ”, उहाँले भन्नुभयो ।

कर्णालीका पाँच जिल्लाले परापूर्वकालदेखि हिँड्ने बाटो रहेकाले यसको थप महत्त्व बढेको मुख्यमन्त्री कँडेलले बताउनुभयो । सडक निर्माणसँगै चितवनको देवघाटजस्तै रानीघाटलाई प्रवर्द्धन गर्न प्रदेश सरकारको सहयोग रहने उहाँले प्रतिबद्धता जनाउनुभयो । यो मार्ग सम्पन्न भएपछि बर्दियाबाट सुर्खेत आउनेजानेले दूरीका हिसाबले कम यात्रा गर्नुपर्ने जानकारी दिनुभयो ।

यो सडक कर्णालीको पर्यटन क्षेत्रका लागि मूल ढोका रहेको बताउँदै मुख्यमन्त्री कँडेलले निर्माण व्यवसायीलाई गुणस्तरीय र प्रभावकारी काम गर्न आग्रह गर्नुभयो । काम गर्ने क्रममा कुनै समस्या आएमा प्रदेश सरकारले सहजीकरण गर्ने उहाँले बताउनुभयो ।

निर्माण व्यवसायीले असार, साउनमा पनि काम गर्न सक्ने वातावरण बनाउनुपर्नेमा मुख्यमन्त्री कँडेलले जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक साथीहरूले गुणस्तरीय काममा विशेष ध्यान दिनुपर्छ । विकासले जनताका आर्थिक, सामाजिक, पर्यटकीयलगायत सबै क्षेत्रको समृद्धिमा सहयोग पु¥याउने भएकाले यसको महत्त्व छ । आज शिलान्यास गर्ने भोलिदेखि सुनसान हुने काम नगर्न निर्माण व्यवसायीलाई अनुरोध छ । गुणस्तरीय सडक निर्माण गर्नका लागि सबैले समन्वय र सहयोग गरौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली