३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

काखी रङ कालो हुनुको कारण र यो समस्याबाट छुटकारा पाउने उपायहरु ……….

१३ जेष्ठ २०८२, सोमबार ११:४२

काठमाडौँ । मानिसहरूले प्राय आफ्नो शरीरको हरेक भागको/अङ्गको राम्रोसँग हेरचाह गर्नुपर्छ । नत्र तिनीहरूको सुन्दरता पूरै बिग्रिन्छ । यस्तोमा केही समस्याहरू सामान्य हुन्छन्, जुन प्रायः केटीहरूसँग देखिन्छ । तीमध्ये एउटा हो, काखी कालो हुने समस्या । यसका कारण धेरै केटीहरू स्लिभलेस लुगा लगाउन हिचकिचाउँछन् । काखी कालो हुने समस्याको कारणले उनीहरूलाई कहिलेकाहीँ धेरै लज्जित पनि हुनेगर्छन् । यस्तोमा कालो काखीको कारणले गर्दा स्लिभलेस लुगा लगाउन अफ्ठेरो महसुस हुन्छ भने केही घरेलु उपाय अपनाएर यो समस्यालाई कम गर्न सकिन्छ ।

शरीरको भागको रङ कालो हुने कारण

अत्याधिक पसिना आउने, फोहोर, घर्षण, हाइपरपिग्मेन्टेसन, ब्याक्टेरिया संक्रमण र एडिसन रोग जस्ता कारणले काखीको भाग कालो हुनसक्छ । साथै कहिलेकाहीँ यो हर्मोनको कारणले हुन सक्छ । कहिलेकाहीँ रसायनिक उत्पादनहरूको प्रतिक्रियाको कारणले पनि हुनसक्छ ।

काखी कालो हुने समस्याबाट छुटकारा पाउने उपाय

स्क्रब मास्क

सामग्री : १/२ चम्चा नरिवलको तेल, १ चम्चा टुथपेस्ट र १ चम्चा बेकिङ सोडा बनाउने तरिका : एउटा कचौरामा १/२ चम्चा नरिवलको तेल लिने, त्यसमा टुथपेस्ट र बेकिङ सोडा मिसाउने र राम्ररी मिश्रण गर्ने । तयार मास्कलाई काखीको क्षेत्रमा लगाउने । अब लगभग १०–१५ मिनेटसम्म मास्कलाई छोड्ने । जब यो अलिकति ओसिलो रहन्छ, हल्का हातले स्क्रब गर्ने र पानीले धुने र सफा तौलियाले पुछ्ने । बेकिङ सोडा एक उत्कृष्ट एक्सफोलिएटर हो, जसले छिद्रहरू खोल्छ र काखीको कालोपन कम गर्न मद्दत गर्छ ।

टोनिङ मास्क

सामग्री : १/४ कप बेसन, १ चम्चा चामलको पिठो, १ चम्चा बेसारको धूलो, १ चम्चा मह, १/२ चम्चा दूध

बनाउने तरिका : एउटा कचौरामा सबै सामग्रीहरू राख्ने र राम्ररी फेटेर मिश्रण गर्ने । तयार मास्कलाई कालो ठाउँमा लगाउने । १०–१५ मिनेटसम्म सुक्न दिने र तातोपानीले धोएर सफा गर्ने । बेसनले मृत छाला हटाउन मद्दत गर्छ र छालाको रङलाई एकनास बनाउँछ ।

लाइटनिङ मास्क

सामग्री : २ चम्चा मुसुराको दालको पेस्ट, १/२ कागतीको रस १/२ कप दूध

बनाउने तरिका : एउटा कचौरामा दालको पेस्ट राख्ने र त्यसमा कागतीको रस र दूध मिसाउने । अब सबै सामाग्रीलाई राम्ररी मिश्रण गर्ने । मास्कलाई कालो भएको काखीको वरपर लगाउने। १०–१५ मिनेटसम्म मास्कलाई छोड्ने र चिसो वा तातोपानीले धुने । मुसूरको दाल एक उत्कृष्ट ब्लीचिङ एजेन्ट हो ।

स्मूदनिङ मास्क

सामग्री : एलोभेरा जेल वा मोइस्चराइजर

लगाउने तरिका : आफ्नो काखीमा एलोभेरा जेल वा मोइस्चराइजर लगाउने र यसलाई १५–२० मिनेटसम्म छोड्ने । अब सफा नरम कपडाले पुछेर सफा गर्ने । एलोभेराले छालालाई नरम र चिल्लो बनाउन मद्दत गर्छ ।

यसबाहेक केही अन्य कुराहरूमा पनि ध्यान दिनुपर्छ

कहिलेकाहीँ परफ्यूम वा डिओडोरेन्ट काखीलाई उपयुक्त हुँदैन र त्यसको प्रयोगले काखी कालो हुनसक्छ । त्यसैले, प्राकृतिक डिओडोरेन्ट प्रयोग गर्नुपर्छ । काखीको रौँ शेभ गर्नबाट जोगिनुपर्छ । किनकि यसले काखी कालो हुन सक्छ । यस्तोमा वैक्सिङ एक राम्रो विकल्प हुनसक्छ । आफ्नो काखीलाई नियमित रूपमा एक्सफोलिएट गर्नुपर्छ, यसो गर्नाले पनि काखी कालो हुने समस्या कम हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली