११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली मुक्त

९ भाद्र २०७४, शुक्रबार ०३:२७


भदौ ९, झापा । भारत पश्चिम बंगालको सिलिगुडीमा पक्राउ परेर भारतीय प्रहरीको हिरासतमा राखिएका नेपाली नागरिक उदय फागो १७ दिनपछि बिहीबार राति मुक्त हुनुभएको छ । 

इलाम जिल्लाको सूर्योदय नगरपालिका–१० फिक्कल घर भएका उहाँलाई गत साउन २३ गते दिउँसो भारतको सिलगढी नगरस्थित फेमिली क्लिनिकमा आमाको उपचार गराउन गएका बेला भारतीय प्रहरीले पक्राउ गरी दार्जिलिङको गोर्खाल्याण्ड आन्दोलनमा सघाएको आरोप लगाएको थियो । 

सिलिगुडीस्थित भारतीय अदालतबाट उहाँ तारेखमा रिहा भएर आज राति ९ बजे काँकडभिट्टा आइपुग्नुभएको हो । रिहा भएर स्वदेश आइपुग्नुभएका फागोले भारतीय हिरासतमा रहँदा मानसिक यातना व्यहोर्नु परेको र आफू बाँचेर आएको प्रतिक्रिया दिनुभयो । 

आफूले कुनै गैरकानूनी काम नगरेको उल्लेख गर्दै उहाँले भारत सरकारले अनाहकमा आतंकवादीको जस्तो व्यवहार गरेकोमा दुःख व्यक्त गर्नुभयो । 

राष्ट्रिय मानवअधिकार परिषद्का अध्यक्ष तुलसी थापाले मानवाधिकारवादी, नेपाली पत्रकार र परिवारजनको पहलमा उहाँको रिहाइ भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु