११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुग्यो’

९ भाद्र २०७४, शुक्रबार १०:५८

भदौ ९, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले राष्ट्रको स्वाभिमानमा आँच पुगेको आरोप लगाउनुभएको छ । 

नियमित स्वास्थ्य परीक्षणका लागि आज बैंकक प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले भन्नुभयो— “प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा नेपालको संविधान संशोधन प्रक्रियालगायतका विषयमा दिएको अभिव्यक्तिले नेपालको स्वाभिमानमा आँच पु¥याएको छ ।” 

बिहीबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्वीकार्यता बढाउन आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा आपत्तिजनक भएको अध्यक्ष ओलीले बताउनुभयो । 

उहाँले बाढी पहिरो र डुबानपीडितको राहत, उद्धार र पुनःस्थापनाको कामलाई अझै प्रभावकारी बनाउन सरकारको पुनः ध्यानाकर्षण गराउँदै पीडितलाई राहत दिने काममा पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको पनि स्मरण गराउनुभयो । 

एमालेले बाढीपहिरो र डुबानपीडितलाई राहत दिन पार्टीका सांसदहरुको एक महिनाको तलबबापत जम्मा भएको करिब रु एक करोड रकम सरकारलाई हस्तान्तरण गरिसकेको जानकारीसमेत अध्यक्ष ओलीले दिनुभयो । 

अध्यक्ष ओलीलाई बिदाइ गर्न उपाध्यक्ष वामदेव गौतम, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । अध्यक्ष ओली स्वास्थ्य परीक्षण गरी यही भदौ १४ गते स्वदेश फर्कनुहुनेछ । उहाँका साथमा धर्मपत्नी राधिका शाक्य र स्वकीय सचिव राजेश बज्राचार्य जानुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह