Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८३, १० जेष्ठ आईतवार
काठमाडौँ - KTM

शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

२०७४, ९ भाद्र शुक्रबार १२:२०




भदौ ९,काठमाडौँ । साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको आज विमोचन गरिएको छ । 

लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आउनुभएका साहित्यकार वासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायतका साहित्यकार डा रुपक श्रेष्ठ र विजय सापकोटाबाट संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरिएको थियो । 

सो अवसरमा स्रष्टाहरुले नेपाली साहित्य लेखन विश्वका अन्य साहित्यभन्दा कम नभएको बताउँदै त्यसको अन्तर्राष्ट्रिय विस्तारका लागि सबैले आआफ्ना ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्पादन गरेको‘आजका लघुकथा’मा तेह्र लघुकथाकारका पैँसट्ठी लघुकथा समाविष्ट छन् । लघुकथा समाजले प्रकाशन गरेको उक्त लघकथासंग्रहमा राजनीति, प्रेम, यौन, भ्रष्टाचार, शोषण, अन्याय, अत्याचार, विसंगति आदि विषयलाई विषय बनाइएको संयोजक बजगाईँले जानकारी दिनुभयो । 

तीजमा ‘मध्यधार’को चर्चा 

बेलायतमा रहेर साधनारत कथाकार सञ्जु बजगाईँको कथासंग्रह ‘मध्यधार’को परिचर्चा गरिएको छ । तीजका अवसरमा बुधबार लन्डनको एजवेयरमा लाभेन्डर बुक क्लबद्वारा उक्त पुस्तकको चर्चा गरिएको थियो । कथासंग्रह दोभान प्रकाशनद्वारा प्रकाशन गरिएको हो । 

सो अवसरमा समीक्षक सिलवालले बजगाईँका कथामा प्रवासी जीवनको यथार्थको प्रतिबिम्ब पाइने बताउनुभयो । कथामा नारी संवेगको मार्मिक चित्रण पाइए पनि कथाको धरातल फरक किसिमको भएकाले बजगाईँका कथामा भिन्नै स्वाद भएको सिलवालले बताउनुभयो । 

कथाकार बजगाईँले नारीका समस्या र परिवर्तित विशेषतालाई आफूले कथामा प्रस्तुत गरेको बताउनुभयो । कथाकारले आफूले देखेभोगेकै यथार्थको कलात्मक अभिव्यक्ति भएको स्पष्ट गर्नुभयो । 

बुक क्लबका संयोजक राजेश्वरी घिमिरेले बजगाईँको लेखन प्रवासमा रहेका नेपाली महिलाका लागि प्रेरणादायी बन्ने बताउनुभयो । कार्यक्रममा रञ्जु थापालगायतले कथा संग्रहमाथि आआफ्ना धारणा प्रस्तुत गर्नुभएको थियो । 

यसअघि ‘समुद्र र सपना’ कथासंग्रह प्रकाश गरिसकेकी बजगाईँको यो दोस्रो कथासंग्रह हो । संग्रहमा डायस्पोरिक विषयवस्तुका साथमा नारी संवेगात्मक, सामाजिक, पारिवारिक एवम् मनोवैज्ञानिक विषयवस्तुका गरी पन्ध्र कथा समेटिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ