२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोककल्याणकारी विज्ञापन रकम वृद्धि गर्न माग

२०७४, ९ भाद्र शुक्रबार १२:४०

भदौ ९,काठमाडौँ। नेपाल पत्रकार महासंघले सरकारसँग ‘लोककल्याणकारी विज्ञापन’ रकम वृद्धि गर्न माग गरेको छ । 

पच्चीसौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले समानुपातिक विज्ञापन नीति लागू नभएसम्मका लोककल्याणकारी विज्ञापनको रकम वृद्धि गर्न माग गरेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो । बैठकले सबै प्रकारका सञ्चारमाध्यममा लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन समेत माग गरेको छ । 

बैठकले श्रमजीवी पत्रकारलाई तत्काल नियुक्तिपत्र र न्यूनतम पारिश्रमिक उपलब्ध गराई श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनको मागसमेत गरेको छ । महासंघको कल्याणकारी कोषलाई आगामी तीन वर्षमा रु पाँच करोड पु¥याइने निर्णय बैठकले गरेको छ । 

बैठकले लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक हितका पक्षमा विगतदेखि महासंघले चलाएको अभियानलाई थप निरन्तरता दिन निर्णय गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन