भदौ १०, काठमाडौं । पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १०, काठमाडौं । पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गएको छ । "/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरियामा किन गर्छन् नेपालीले आत्महत्या ?

१० भाद्र २०७४, शनिबार ०२:१६


भदौ १०, काठमाडौं । पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गएको छ । 

आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको छ । कोरियाको विकास र आर्थिक उन्नतिलाई सरसर्ती हेर्दा त्यहाँको रोजगारीप्रति गुनासो गर्ने अवस्था नदेखिए पनि युवकयुवतीले धमाधम आत्महत्या गर्न थालेपछि त्यसको कारण खोजिनुपर्ने आवाज उठेको छ ।

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०१७ को आठ महिनामा कोरियामा १७ नेपालीको मृत्यु हुँदा ४ जनाले आत्महत्या गरेका छन् । चर्को प्रतिष्पार्धाबीच कोरियन भाषा सिकेर त्यहाँ पुगेका युवाले किन आत्महत्याको बाटो रोज्छन् त ? ईपीएस शाखा प्रमुख बाबुराम खतिवडा भन्छन् – कामदारलाई कोरिया लैजाने छनौट प्रक्रिया नै गलत छ । 

उनका अनुसार थ्री डी (डर्टी, डेन्जरस र डिफिकल्ट) काम गर्न लैजाने कामदार छनौट प्रक्रिया अध्ययन, अनुसन्धान गर्न लैजानेसरहको हुँदा समस्या बढिरहेको हो । ‘घरमा रहँदा खेतबारीमा पाइला नटेकेका युवा भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जान्छन्,’ खतिवडाले भने, ‘कोरियामा गएर थ्री डीको काम गर्नुपर्दा कैयौं युवाले डिप्रेशन भएर आत्महत्यासम्मको बाटो रोज्न पुग्छन् ।’

शाखाका अनुसार कोरियामा सन् २०१६ मा ११ जना नेपालीको मृत्यु हुँदा तीनजनाले आत्महत्या गरेका थिए । कोरियामा आत्महत्या गर्ने क्रम नरोकिएपछि रोकथामका उपाय सुरु गर्न पीडितले पटकपटक आवाज उठाउँदै आए पनि अहिलेसम्म ठोस योजना बन्न सकेको छैन । -नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप