सहकारी तथा गरिवी निवारण राज्यमन्त्री एंव कालिका भगवती गुठीका सल्लाहकार माननीय सांसद चम्पादेवी खड्काले सहकारी र गरिवी क्षेत्रमा देखि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सहकारी तथा गरिवी निवारण राज्यमन्त्री एंव कालिका भगवती गुठीका सल्लाहकार माननीय सांसद चम्पादेवी खड्काले सहकारी र गरिवी क्षेत्रमा देखि"/>
2026-09-19 03:34 PM
पर्बत - PBT

सहकारी र गरिवी क्षेत्रमा देखिएका विकृती न्युनीकरण गर्छु— राज्यमन्त्री खड्का

सहकारी तथा गरिवी निवारण राज्यमन्त्री एंव कालिका भगवती गुठीका सल्लाहकार माननीय सांसद चम्पादेवी खड्काले सहकारी र गरिवी क्षेत्रमा देखिएका विकृती तथा समस्याहरुलाइ न्युनीकरणमा जोड दिने बताएकी छिन । नेपाली काँग्रेस जिल्ला कार्य समिति बागलुङले आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । जिल्लाको विकास निर्माण सवै क्षेत्रसँग सहकार्य गर्दै अगाडी बढ्ने भन्दै राज्यमन्त्री खड्काले यहाँका सम्भावनाका क्षेत्रहरुलाई विकास गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।


प्राय चुनावमुखी हुँदा जिल्लाको विकास पछाडी परेको भन्दै उनले सवै पक्षसँगको सहयोगमा अगाडी बढ्ने बताईन । उनले यहाँका धार्मिक तथा पर्यटनका क्षेत्र,सहकारी र गरिवी निवारणका लागि आफुले ठोस कार्यक्रम ल्याउन पहल गरेको बताईन् । ‘श्रीमानले सदैव विकास र समाजसेवामा देखाउनु भएको योगदान मैलै विर्सेकी छैन्’ उनले भावुक हुदैँ थपिन् ‘उहाँको सपना साकार पार्न म तपाईकै सुझाव लिएर अगाडी बढ्ने छु ।’ एक फरक प्रसंगमा उनले चुनावमा पराजय भएभन्दैमा पार्टी विचलित नहुन आग्रह गरिन् । संगठन सुदृृढिकरण गरी जिल्लाको समग्र विकास निर्माणमा पार्टी एकजुट भएर लाग्नुपर्ने बताईन ।


कार्यक्रम नेपाली काँग्रेस जिल्ला कार्यसमिति सभापति दिपेन्द्रबहादुर थापाको अध्यक्षता,कोषाध्यक्ष उमेश गौतमको स्वागत र सचिव नवराज पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


राज्यमन्त्री खड्का बागलुङ आउने भनेपछि हजारौ कार्यकर्ताहरु स्वागत र बधाई दिन भीड लागेका थिए । उनी बागलुङ जिल्लाबाट पहिलो राज्यमन्त्री पदमा निर्वाचित भएकी हुन । त्यस्तै बागलुङकै खड्का समुदायमा जन्मेकी उनी राज्यमन्त्री हुने तेस्रो व्यक्ति हुन । यसअगाडी दिपबहादुर खड्का र तेजेन्द्र बहादुर खड्का नेपाल सरकारको राज्यमन्त्री भैसकेका हुन । नेपाली काँग्रेस क्षेत्र नम्वर १ बाट निर्वाचित सांसद खड्का धार्मिक, सामाजिक क्षेत्रमा आस्था राख्ने महिला सांसद हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै