भास्कर के/सी/कञ्चनपुर । भाद्र ७ गते बुधवार राति कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित ऐठपुर ६ नहरको डिलमा ढुङ्गा माथि हत्या गरिएको सशस्त्र प्रहरी जवानको नरेन्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के/सी/कञ्चनपुर । भाद्र ७ गते बुधवार राति कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित ऐठपुर ६ नहरको डिलमा ढुङ्गा माथि हत्या गरिएको सशस्त्र प्रहरी जवानको नरेन्द"/>

2026-09-19 01:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रहरी जवानको हत्या उनकै सहकर्मीद्वारा गरिएको पुष्टि


भास्कर के/सी/कञ्चनपुर । भाद्र ७ गते बुधवार राति कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित ऐठपुर ६ नहरको डिलमा ढुङ्गा माथि हत्या गरिएको सशस्त्र प्रहरी जवानको नरेन्द्र कुवँरको हत्या उनकै सहकर्मीले गरेको पुष्टि भएको छ । 

सँगै बसेर मदिरा सेवन गरेका सहकर्मीले भान वहादुर विष्टले हत्या गरेको पुष्टि भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी प्रकाश चन्दले जानकारी दिए । 

हत्या भए लगतै विष्ट सशस्त्र प्रहरी बल अन्तर्गत कैलालीको बनवेहडामा रहेको बडिमालिका गणमा कार्यरत रहेको प्रहरीले जनाएको छ । विष्टको घरमा खानतलासी गर्दा हत्या गरिएका नरेन्द्र कुँवरको घाँटीमा लगाएको सुनको सिक्री फेला परेको छ । 

सुनको सिक्री भेटिएपछि प्रहरी नियन्त्रणमा रहेका भान वहादुर विष्टले आफूले नै हत्या गरेको स्वीकार गरेका थिए । उनको मोबाइल भने अझै फेला परेको छैन् । उनीहरुले बुधवारराति ऐठपुरस्थित नहर नजिकैको रहेको  संगम होटलमा बसेर मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेपछि नरेन्द्र कुँवरकै मोटरसाईकलमा चढेर गएका विष्टले नजिकै ढुङ्गामा सुतिरहेको समयमा ढुङ्गाले हानेर हत्या गरेका हुन्।

हत्या गरे लगत्तै उनले आफू उम्किन घट्नास्थलमा छुरी र नरेन्द्र कुँवरको मोटरसाइकल र आवश्यक कागजात नहरमा फालेर रातिनै विष्ट कैलालीको बनवेहडामा रहेको बडिमालिका गणमा गएका थिए । त्यहाँ बाट नेपाल प्रहरीले विहान ल्याएको थियो । 

बिहिवार बिहान शव फेला परेपछि होटल सञ्चालक, दुई युवती, भान बहादुर विष्ट लगायता ७ जनालाई नियन्त्रणमा लिएको थियो । हत्याका मुख्य अभियुक्त देखिएका भानवहादुर विष्ट आपराधिक प्रवृतिको रहेको प्रहरीले जनाएको छ । उनले यसअघि पहिले पनि गाउँमै एक युवालाई चक्कु प्रहार गरेको समेत खुल्न आएको छ ।

हत्या गरिएका सशस्त्र प्रहरी जवान कुँवरको घर तिलकपुर ३ र हत्या गर्ने भानवहादुर विष्टको घर हल्दुखाल ७ मा रहेको छ । नजिकै रहेको दुवै गाँउ भएकाले उनीहरु दुवैजना बच्चादेखी कै साथी थिए ।

सशस्त्र प्रहरी भन्सार गुल्म गड्डाचौकीमा कार्यरत २४ वर्षीय सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवरको बुधवार राति हत्या भएको थिया उनको अन्तिम संस्कार शुक्रबार दिउसो धार्मिक परम्परा अनुसार महाकालीमा गरिएको हो । 

कुवँरका काका हर्क सिह कुँवरले दागबत्ति दिएका थिए भने सशस्त्र प्रहरी बलको एक टुकुडीले कुँवरलाई सलामी दिएको थियो । प्रहरीले घट्नाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो