भदौ ११, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ११, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ता"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हतियारको साढे २ अर्ब मिनाहा गर्न भारत मानेन

११ भाद्र २०७४, आईतवार ०२:३२


भदौ ११, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार नेपाली समकक्षी शेरबहादुर देउवासँग भारत र नेपालका सेनाबीच सहकार्य थप सुदृढ गर्नुपर्ने प्रस्ताव गरे । 

भारत र चीनबीच दोक्लामका विषयमा चुलिएको विवादमाझ मोदीको प्रस्ताव अर्थपूर्ण थियो । प्रधानमन्त्री देउवाले नेपालले हतियार खरिद गरेबापत तिर्नुपर्ने रकम मिनाहाका लागि प्रस्ताव गरे । तर, मोदीले स्पष्ट जवाफ दिएनन् । भारतले यो प्रस्ताव स्वीकार नगरेको अर्थमा नेपालले बुझेको छ ।

हैदराबाद हाउसमा दुवै पक्षका १८–१८ जना अधिकारी सहभागी औपचारिक वार्तामा देउवाले प्रस्ताव गरे, ‘नेपाली सेनाले सन् २००६ यता हतियार र सैन्य सामग्री किनेबापत अहिलेसम्म तिर्नुपर्ने रकम २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहा गरिदिनुस् ।’ तर, मोदीले मिनाहा गर्ने वचन दिएनन् । 

जानकार अधिकारीका अनुसार मोदीले दायाँ–बायाँ बसेका भारतीय अधिकारीलाई हेरेर जवाफ दिए, ‘यो विषयमा के गर्न सकिन्छ, म सम्बन्धित तहलाई निर्देश गर्छु ।’ त्यो कुन तह हो भन्नेबारेमा नेपाली पक्षलाई जानकारी गराइएको छैन ।

देउवाले मात्र होइन, यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डले पनि राजकीय भारत भ्रमणका क्रममा उक्त रकम मिनाहा गर्न प्रस्ताव गरेका थिए । ४० प्रतिशत रकमलाई अनुदानमा बदलेर मिनाहा दिन नेपालले चार वर्षदेखि अनुरोध गर्दै आएको छ । स्रोतका अनुसार ०७१ साउनमा भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदा तत्कालीन प्रधानमन्त्री कोइरालाले पनि उक्त रकम मिनाहाका लागि आग्रह गरेका थिए ।

औपचारिक वार्तामा सहभागी वाणिज्यमन्त्री मीन विश्वकर्माले डुबान, भारतीय रुपैयाँ सहटीबाहेक सेनाको रकम मिनाहाबारे पनि प्रस्ताव भएको, तर ठोस जवाफ नआएको बताए । ‘भारतीय पक्षले सकारात्मक रूपमा यसलाई लिएको भनेको छ,’ विश्वकर्माले नयाँ पत्रिकासँग भने ।

भारतसँग यसअघि हतियार तथा सैन्य सामग्री खरिद गर्दा ६० प्रतिशत अनुदान दिने र ४० प्रतिशत मात्रै रकम तिर्नुपर्ने सहमति भएको थियो । नेपालले तिर्नुपर्ने रकम ४० प्रतिशत मूल्यबराबरको मात्रै हो । उक्त रकम भुक्तानी गर्न सेनाले सरकारलाई पटक–पटक आग्रह गर्दै आएको छ । तर, सरकारले मिनाहाका लागि आग्रह गर्दै आएको छ भने भारतले टार्दै आएको छ ।

सैनिक प्रवक्ता सहायकरथी झंकरबहादुर कडायतले उक्त रकम मिनाहा गराइदिन सेनाले रक्षा मन्त्रालयमार्फत आग्रह गरेको, तर परिणामबारे जानकारी आइनसकेको बताए । ‘हामीले आफ्नो प्रस्ताव रक्षा मन्त्रालयमार्फत पठाएका छौँ, के भयो भन्ने कुरा जानकारीमा आइसकेको छैन,’ कडायतले भने । सेनाले उक्त रकम भारतले मिनाहा नगरे भुक्तानी गरिदिन सरकारलाई यसअघि पटक–पटक आग्रह गर्दै आएको छ । तर, यसअघिका कुनै पनि सरकारले पैसा तिर्न चाहेका थिएनन् ।

सरकारले प्रदेश नम्बर २ मा स्थानीय तहको निर्वाचन तथा प्रदेश र संसद्को निर्वाचनका लागि लजिस्टिक सहयोग, गाडी, हातहतियार, विस्फोटक पदार्थ, भिड नियन्त्रण उपकरणका लागि पनि आग्रह गरेको छ । भारतले यसमा विस्तृत रूपमा लिखित प्रस्ताव पेस गर्न आग्रह गरेको सम्बद्ध अधिकारीले जानकारी दिए ।

लगातारको आग्रह

भारतीय प्रधानमन्त्रीले रक्षा सहकार्यको प्रस्ताव गरे, तर हतियार किन्दा तिर्नुपर्ने २ अर्ब ४६ करोड ८० लाख रुपैयाँ मिनाहाको प्रस्ताव मानेनन् ।

यसअघि तत्कालीन प्रधानमन्त्रीत्रय सुशील कोइराला, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पनि हतियार तथा सैन्य सामग्री किनेबापत रकम मिनाहा गर्न आग्रह गरे, मोदीले हेर्छौँ भने, मिनाहा गरेनन् ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०६३ जेठ अन्तिम साता भारत भ्रमणमा जाँदा त्यतिन्जेल नेपालले हतियारबापत भारतलाई तिर्नुपर्ने एक अर्ब ४२ करोड रुपैयाँ मिनाहा गराएका थिए ।

दश वर्षअघि पौने २ अर्ब मिनाहा 

०६३ जेठ अन्तिम साता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणमा गएका वेला उनका समकक्षी डा. मनमोहन सिंहसँगको औपचारिक वार्ताकै क्रममा हतियारको तिर्नुपर्ने पौने दुई अर्ब रुपैयाँ मिनाहा गराएका थिए । उक्त बैठकमा सहभागी अधिकारीका अनुसार कोइरालाले तुरुन्तै मिनाहाको निर्णय गर्न भारतीय प्रधानमन्त्रीलाई आग्रह गरेपछि सिंहले तत्कालीन विदेशमन्त्री प्रणव मुखर्जीलाई निर्देशन दिएका थिए । जसअनुसार भारत सरकारले एक घन्टामै सो रकम मिनाहा गर्ने निर्णय कोइरालालाई सुनाएको थियो ।

भारतबाट सरकारले के–के किन्छ ? 

भारतबाट लाइट मेसिन गन (एलएमजी), सर्ट मेसिन गन (एसएमजी) जिपिएमजी, टु इन्च मोर्टार, ५० मिलिमिटर लाइट बम, ८१ मिलिमिटर रकेट लन्चरलगायत हतियार र तिनका गोलीगठ्ठा आउने गरेको छ । दोस्रो जनआन्दोलनअघि राजाको प्रत्यक्ष शासनमा रोकिएका यी हतियार तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको भ्रमणपछि भारतले नेपाललाई पठाएको थियो । भारतबाट लाइफ ज्याकेट, युद्धकालीन टेलिफोन र तार पनि आउने गरेको छ । ५२५ गजसम्म गोली हान्न २ इन्च मोर्टार पनि भारतबाट आउँछ । युद्धकालमा खरिद गरिएका इन्सास राइफलले काम नगरेपछि भारतबाट यो ल्याउन सेनाले बन्द गरेको छ ।

विगतमा सेनाले भारतबाहेकका मुलुकबाट हतियार किनेको थियो । धर्मपालबरसिंह थापा प्रधानसेनापति हुँदा सेनाले ५० करोडबराबरको कोल्टकमान्डो हतियार ल्याएको थियो । सोही हतियार यतिवेला सेनाको विशेष सुरक्षा फोर्सले प्रयोग गरिरहेको छ । सेनाले शान्ति मिसनमा पठाउने उद्देश्य देखाउँदै अमेरिकाबाट करिब २० हजार एम १६ हतियार ल्याएको थियो । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य