भदौ ११, म्याग्दी। पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३/७४ मा विभिन्न १६ प्रजातिका छ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ । 

जिल्लाका व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ११, म्याग्दी। पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३/७४ मा विभिन्न १६ प्रजातिका छ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ । 

जिल्लाका व"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीबाट १६ प्रजातिका जडीबुटी निकासी

११ भाद्र २०७४, आईतवार ०६:०६

भदौ ११, म्याग्दी। पहाडी जिल्ला म्याग्दीबाट गत आर्थिक वर्ष २०७३/७४ मा विभिन्न १६ प्रजातिका छ हजार किलोभन्दा बढी जडीबुटी निकासी भएको छ । 

जिल्लाका विभिन्न खर्क, जंगल र पाखोहरुबाट संकलन गरिएका पाँच हजार, ९८४ दशमलव सात किलो जडीबुटी निकासी भएको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । 

जिल्लामा रहेका सामुदायिक वनबाट शक्तिवद्र्धक एवं बहुमूल्य जडीबुटी निकासी गरिएको सहायक वन अधिकृत राजकुमार ठाकुरले बताउनुभयो । “हरेक वर्ष निकासीमा वृद्धि भएको छ”, सहायक वन अधिकृत ठाकुरले भन्नुभयो । उहाँका अनुसार गैरकाष्ठ वन पैदावारमध्ये सबैभन्दा धेरै विषजरा एक हजार ५०० किलो, अल्लो एक हजार २०० किलो, भिरमह ६४० र नागबेली पाउडर ६०० किलो निकासी भएको छ । 

जिल्लाको माथिल्लो तथा उच्च पहाडी क्षेत्रबाट यार्सागुम्बा, निरमसी, सतुवा, पाँचऔँलेलगायतका जडीबुटी बाहिरिने गरेकामा यस वर्ष अपेक्षा गरेअनुसारको निकासी नभएको जिल्ला वन कार्यालयको तथ्यांकमा उल्लेख छ । 

गत आव पदमचाल ४५०, सतुवा ४४९, सुगन्धवाल तीन, साधारण च्याउ २८६, निरमसी २१७, कुटकी दुई, सिलाजित ५० किलो निकासी भएको छ । 

यसैगरी मैन ३०, अतिस २२, वनलसुन २०, लौठसल्ला १६ र यार्सागुम्बा ३ दशमलव ७ किलोमात्रै निकासी भएको वन कार्यालयले जनाएको छ । विभिन्न किसिमका कपडा बनाउन प्रयोग गरिने अल्लो पुवा एक हजार २०० सय किलो निकासी भएको छ । 

गत वर्ष निकासी भएका जडीबुटीबाट कुल रु दुई लाख ५२ हजार राजस्व संकलन भएको थियो । जडीबुटी संकलनका लागि न्यूनतम रु पाँच हजारदेखि अधिकतम २५ हजारसम्म राजस्व तिर्नुपर्ने कानूनी प्रावधान रहेको छ । रासस 

(फाइलफोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा