(सास) टिप्स | यो शास्वत सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना पनि घट्दै जान्छ । हालै सार्वजनिक भएको अध्ययनमा आफू ‘अझै पूर्ण आमा नभएको’ भन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) टिप्स | यो शास्वत सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना पनि घट्दै जान्छ । हालै सार्वजनिक भएको अध्ययनमा आफू ‘अझै पूर्ण आमा नभएको’ भन्"/>
2026-09-18 07:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उमेर छँदै बच्चा जन्माउनुस् – नत्र आईपर्ला यस्ता समस्या !

(सास) टिप्स | यो शास्वत सत्य हो की जब महिलाको उमेर ढल्किँदै जान्छ, उनीबाट सन्तानको सम्भावना पनि घट्दै जान्छ । हालै सार्वजनिक भएको अध्ययनमा आफू ‘अझै पूर्ण आमा नभएको’ भन्दै हजारौं महिलाहरुले सन्तान जन्माउन ढिलाई गर्ने क्रम बढ्दो छ ।

ब्रिटिश प्रिगनेन्सी एडभाइजरी सर्भिसले तयार गरेको सो अध्ययन अनुसार दुई तिहाई महिलाहरुलाई करिअर बनाउनैपर्ने दबाब र पारिवारिक कारणले गर्भधारण गर्ने उपयुक्त साइत नै जुरेको छैन ।

बेलैमा सन्तान नजन्माएका तर रोजगारीमा संलग्न हुने महिलाहरुलाई ‘पार्ट टाइम मदर’ भनेर होच्याउने गरिएको केहीले महिलाले गुनासो गर्न थालेका छन् । आफूहरुले सासु–ससुरा, साथी र सहकर्मीहरुको आशालाई पूरा गर्न नसकेकोमा अधिकांश बिबाहित महिला चिन्तित देखिन्छन् ।

करिअर, अध्ययन, आदिका कारण धेरैजसो महिलाहरु ढिलो सन्तान जन्माउने गरिहिरहेकै बेला विज्ञहरुले महिला उर्वरत्व जोगाउने विषयमा केही टिप्स दिएका छन् ।

यौनजन्य रोगहरु

महिलाको उर्वरता सम्बन्धी एक तिहाई समस्या यौनजन्य समस्याबाट हुने गरेको छ । यौनजन्य संक्रमणपछि कुनै पनि ब्याक्टेरिया बाहिर नदेखिने गरी गुप्तांगभित्र लुकेको हुन्छ ।

समयमै उपचार गरिएन भने यसले महिलाको अन्डालाई अन्डासयबाट पाठेघरसम्म पुयाउने ट्युबलाई रोकिदिन्छ । तसर्थ, आफ्नो श्रीमान्सँग मात्र यौन सम्पर्क गर्दा पनि यौन जन्य रोग लाग्ने भएकोले महिलाले कुनै शंका लाग्नासाथ परीक्षण गर्नुपछ । नियमित परीक्षण गर्नुभयो भने तपाईंको समस्या थप जटिल हुने न्यून सम्भावना हुन्छ ।

धुम्रपान

धुमपानकै कारण संसारमा १३ प्रतिशत महिला निःसन्तान र साबिक भन्दा १० वर्ष बुढा देखिएका छन् । किशोरी अवस्थामा चुरोट पिउदा सन्तान जन्माउने समयमा के नै असर पर्ला भन्ने भ्रम पनि हुन सक्छ । धुमपान नगर्नेको तुलनामा धुमपान गर्ने महिलामा ३० प्रतिशत बढी निःसन्तान हुने समस्या हुन्छ ।

 गर्भवती बन्न नै उनीहरुलाई ३ वर्ष बढी समय लाग्छ । धुमपानले अन्डाशयको काममा नकारात्मक अशर प्रभाव पर्छ । धुमपानको अशरले महिला अन्डा निस्काशन गर्न बाधा पुर्याउनुका साथै पाठेघरभित्र बच्चालाई सुरक्षित साथ राख्ने पत्र पातलो हुँदै जान्छ । त्यस्तै धुमपान गर्ने महिलाहरुको मासिक धर्म अन्यको तुलनामा तीन वर्षअघि नै बन्द हुन्छ ।

अकुपन्चरबारे सोच्नुहोस

अकुपन्चरको शरिरमा नियन्त्रणात्मक प्रभाव हुन्छ र महिला उर्वरतालाई पनि संरक्षण गर्छ । यसले आइभीएफ गर्न, महिलाको अन्डासयबाट अन्डा निस्काशन हुने प्रक्रिया सहज गर्ने र मासिक धर्मका बेला हुने पिडा न्यून गर्ने विभिन्न अध्ययनले देखाएको छ । अकुपन्चरले मानिसलाई खुसी बनाउने दिमागको न्युरो केमिकल निस्काशन गर्न पनि सहयोग पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई