नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य देव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति असन्तुष्टी पोखेको छन् । संविधान संशोधनप्रति छिमेकी समझदारी आवश्यक नभएको भन्दै गुरुङले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य देव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति असन्तुष्टी पोखेको छन् । संविधान संशोधनप्रति छिमेकी समझदारी आवश्यक नभएको भन्दै गुरुङले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प"/>
२ पुष २०८२, बुधबार
पर्बत - PBT

देव गुरुङले कड्कीएर भने -प्रधानमन्त्रीले आफ्नो हैसियत भुले

१२ भाद्र २०७४, सोमबार १३:५०

नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य देव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणप्रति असन्तुष्टी पोखेको छन् । संविधान संशोधनप्रति छिमेकी समझदारी आवश्यक नभएको भन्दै गुरुङले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् ।

‘प्रधानमन्त्रीले कुन सन्दर्भमा के बोल्नुभो, आधिकारिक जानकारी छैन। तर, अहिले संविधान संशोधन हुँदैन, यो छिमेकीसँग समझदारी गर्ने कुरा पनि हैन, गुरुङले,‘देशलाई आवश्यक परे फेरि बहस होला । तर, अहिले यो बहस आवश्यक नै छैन ।’ कुश्मामा प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपाल र भारतबीच जारी संयुक्त वक्तव्यमा कोशी बाँधको विषय उल्लेख भएको र त्यसलाई राख्न आवश्यक नभएको  उनले बताए । प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल वा असफल भन्नेबारेमा पार्टीभित्र बहस भैसकेको छैन तर पनि सतहीरुपमा ४६ बुदेँ सहमति हेर्ने हो भने प्रमको भ्रमण राम्रोनै देखिन्छ । 

जून रुपमा प्रमले भारतीय प्रंम नरेन्द्र मोदीलाइ एकाएक भेट गरे । भेटमा केके कुरा भए त्यसबारेमा कुनै कुरा बाहिर आएको छैन तर कुटनीतिक मामिलाका रुपमा हेर्न हो भने जून रुपमा भेटबार्ता भएको छ त्यो गलतनै थियो गुरुङले भने । 

चीन र भारतको विचमा सिमाक्षेत्रको विषयमा जून रुपमा द्वन्द्व चलिरहेको छ त्यसविषयमा हाम्रा पार्टी अध्यक्षले तटस्थ रहनु त्यसविषयमा हामी तटस्थ रहनुपर्छ भन्नुभएकै थियो । यो विषयमा उहाँले खासै बोल्नु भएन तर भारतले गोर्खा शैनिकलाई जसरी सिमा सुरक्षाको लागि उक्त क्षेत्रमा राख्ने निर्णय गरेको छ त्यो विषयमा बोल्नुपथ्र्यो तर उहाँले बोल्नुभएन बरु नेपाल र भारतको खुल्ला सिमा भएका कारण दुवै देशको सुरक्षा नीति एकै हुनुपर्ने बताउनुभयो जसले नेपालमा अझै पनि कहि बाह्य शक्ति नेपालमा हाबी हुन खोजेको देखिन्छ । उनले भने । 

एकतर्फी रुपमा भारतले लगाएको कोशी व्यारेकका कारण देशका जून क्षती भएको छ त्यसको बारेमा बहस गर्नुको सट्टा फेरी सोही क्षेत्रमा बाँध र ड्याम बाउने सहमति भयो भन्ने सुनिएको त्यो गलत देखिन्छ जसले नेपाललाई बाढी र डुबानको खतरा अझै बढाउने देखिन्छ । गुरुङले भने, पञ्चायतदेखि नेपालले अस्वीकार गर्दै आएको सम्झौता उहाँले गरेर आउनुभयो जसले देशमा अझै पनि बाह्य केहि शक्तिहरु सक्रिय रुपमा लागेका छन् । 

गुरुङले आगामी प्रदेश २ को स्थानीय तहको चुनावमा अन्य राजनीतिक दलहरुसँग एलान्यन्स हुने वा नहुने भन्नेबारेमा अझै छिनोफानो भएको छैन तर माओवादीले उठाएका लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका विषयमा जससँग मुद्दा मिल्छ उसैँसग एलान्यस हुन सक्छ ।

तोकिएकै मितिमा तीनै तहको चुनाव सम्पन्न हुनुपर्नेमा हाम्रो जोड छ । संविधान संशोधनको विषयमा हालसालै कुनै कुरा भएको छैन । हामीले उठाएको प्रत्यक्ष कार्यकारी मुद्दा उठाएको हुदाँ पछि संशोधन प्रक्रिया अगाडी बढ्न सक्ला उनले भने । 

प्रत्यक्ष निर्वाचित कार्यकार्य नभएकै कारण देशका ९÷९ महिनामा सरकार परिर्वतन हुने र देशमा बाह्य शक्तिहरुको चलखेल हुने र अस्थीतरा बढ्ने भएका कारण यसविषयमा अब सोच्नुपर्ने बेला आएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल