पोखरा, भाद्र १२ । सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको छैटौं संस्करण हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक सिटी रेबान पोखराले असोज २ बाट ११ गतेसम्म नयाँबजार स्थित प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पोखरा, भाद्र १२ । सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको छैटौं संस्करण हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक सिटी रेबान पोखराले असोज २ बाट ११ गतेसम्म नयाँबजार स्थित प्"/>
२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिटी रेबान महोत्सव तथा फुड फेस्टिबल आसोज २ देखि

१२ भाद्र २०७४, सोमबार १६:२९

पोखरा, भाद्र १२ । सिटी रेबान महोत्सव तथा फुड फेस्टिबलको छैटौं संस्करण हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक सिटी रेबान पोखराले असोज २ बाट ११ गतेसम्म नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा हुने कार्यक्रम बारे जानकारी गराएको हो ।

१ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सव विगतका संस्करणभन्दा व्यवस्थित र भब्य बनाइने आयोजकको दाबी छ । महोत्सवमा व्यावसायीक प्रयोजनका ९५, रेष्टुरेण्टका लागी १०, सामाजिक संघ संस्था र सुरक्षा तथा स्वास्थ्य सम्बन्धि २० गरी कुल १२५ स्टल रहने जनाइयो ।

राष्ट्रिय तथा स्थानीय लोकदोहोरी कलाकारको प्रस्तुती, पप कन्सर्ट, हाँस्य कलाकारको प्रस्तुती, २५ देखी ४० बर्ष उमेर समुहका गृहिणी एकल नृत्य प्रतियोगिता, कृषि प्रदर्शनी र दशैंको अवसरमा खसी, बोका, च्याङ्ग्राको बिक्री वितरण एवं प्रदर्शनी महोत्सवको मुख्य आकर्षणको रुपमा रहेका छन् ।

पहिलो पटक महोत्सवमा भाले छोप्ने र ढिंडो खाने प्रतियोगिता समावेश गरिएको छ । करिब १० करोडको कारोबार हुने अपेक्षा गरिएको महोत्सव सम्पन्न गर्नका लागी ४१ लाख ९५ हजार खर्च लाग्ने र ४८ लाख ४० हजार आम्दानी गर्ने अनुमान गरिएको छ । साथै, बचत रकमबाट ५ प्रतिशत पर्यटन प्रबद्र्धनका , ५ प्रतिशत दैविक प्रकोप र ५ प्रतिशत असाहाय बालबालिकाको लागि खर्चिने बताइयो ।

महोत्सव सञ्चालनका लागि संस्थाले अध्यक्ष पीताम्बर पौडेलको संयोजकत्वमा विभिन्न उपसमितिहरु गठन गरेको छ । अतिथि सत्कार संयोजकमा दिपक तिमिल्सीना, प्रचारप्रसार संयोजकमा जीवन दाहाल, अर्थ संकलन संयोजकमा रामप्रसाद ज्ञवाली, सांस्कृतिक संयोजकमा यामबहादुर गुरुङ, स्टल ब्यवस्थापन संयोजकमा धर्मबन्धु सुवेदी, बाल उद्यान संयोजकमा अर्जुन खनाल, पार्किङ व्यवस्थाप संयोजकमा देवेन्द्र खनाल, खाजा तथा खाना व्यवस्थापनमा प्रकाश सुवेदी, सरसफाई तथा पानी संयोजकमा प्रेम सापकोटा, स्टेज व्यवस्थापन संयोजकमा तुलसा जिसी र अमला भट्टचन, अनुगमन संयोजकमा चीरञ्जीवी श्रेष्ठ, सुरक्षा संयोजकमा केपी शर्मा, टिकट व्यवस्थापनमा डीलराज पाण्डे, रेष्टुरेण्ट अनुगमन संयोजकमा दीपक शर्मा र स्वास्थ्य समिति संयोजकमा मनोज केसी रहेका छन् ।

महोत्सवको प्रवेश शुल्क ७० रुपैयाँ राखिएको छ । विद्यार्थी, अशक्त, बृद्धबृद्धा, बालबालिकाहरुका लागि परिचय पत्रको आधारमा छुट सहित ४५ रुपैयाँ कायम गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, आयोजक संस्थाका संस्थापक अध्यक्ष चीरञ्जीवी बस्नेत , निवर्तमान अध्यक्ष केपी शर्मा पाध्या , सल्लाहाकार वसन्त गौचन लगायतको उपस्थिति रह्यो । कार्यवाहक अध्यक्ष दीपक तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव जीवन दाहालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की