सरोज यादव/भदौ १३, सर्लाही । संघीय समाजवादी फोरम सर्लाहीले शुक्रबार, शनिबार, र आईतवार हरिवन सासापुर, अत्रौली, भोक्टेनी, पटौना, डाबरी, सिङापुर लगायतका टोलमा गरेको घर"/>
सरोज यादव/भदौ १३, सर्लाही । संघीय समाजवादी फोरम सर्लाहीले शुक्रबार, शनिबार, र आईतवार हरिवन सासापुर, अत्रौली, भोक्टेनी, पटौना, डाबरी, सिङापुर लगायतका टोलमा गरेको घर"/>
सरोज यादव/भदौ १३, सर्लाही । संघीय समाजवादी फोरम सर्लाहीले शुक्रबार, शनिबार, र आईतवार हरिवन सासापुर, अत्रौली, भोक्टेनी, पटौना, डाबरी, सिङापुर लगायतका टोलमा चुनावी घरदैलो कार्यक्रम गरेको छ ।
असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचासप्रसार गर्दै फोरम सर्लाहीले विहान घरदैलो कार्यक्रम गरेको हो ।
घरदैलो कार्यक्रममा संघीय समाजवादी फोरम नेपालको तर्फका हरिवन नगपालिका मेयरका उम्मेदवार गंगा लाल थिङ लामा, हरिवन -वडा न. १ का वडा अध्यक्ष उम्मेदवार बिनोद यादव, वडा २ को अध्यक्ष उम्मेदवार अर्जुन योन्जन, वडा ३ का अध्यक्ष उम्मेदवार खड्कमान लोप्चन, वडा ४ का अध्यक्ष उम्मेदवार भागिरथ महतो, वडा ६ का हरिनरायण महतो, वडा ७ का राजेन्द्र महतो, युवा नेता रामबाबु साह, लक्षमन महतो पार्टिका केन्द्रिय सदस्य बमबहादुर लामा सहित नेता र अगुवाहरुको सहभागिता रहेको थियो ।
घरदैलो कार्यक्रमका सहभागिहरुले मशाल छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढी रह्दा स्वागतमा टोलका स्थानीयले नारा लगाएका थिए । ‘हाम्रो भोट के मा, मसाल छापमा, हरिवन गाउ घर तथा सहर–माशाल छापको लहर, मशाल छापमा भोट हालौं, फोरम नेपाललाई विजयि बनाऔं’ लगायत नारा घरदैलोका सहभागि र स्थानीयले गुञ्यमान गरेका थिए ।