११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुस्ताङ्ग - MST

मुस्ताङका थकाली समुदायको फालो पर्व शुरु

१४ भाद्र २०७४, बुधबार ०७:४३

सन्तोष गौतम। भदौ १४,मुस्ताङ। मुस्ताङको थाक सातसय क्षेत्रअन्तर्गतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलिक पर्व कुमार यात्रा ९फालो० मंगलबारदेखि शुरु भएको छ । 

थकाली समुदायको उद्गमस्थल थासाङ गाउँपालिका–२ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तीन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो पर्वको थासाङ गाउँपालिकाका अध्यक्ष वुद्धिप्रसाद शेरचनले उद्घाटन गर्नुभएको थियो । 

गौचन, तुलाचन, शेरचन र भट्टचन थरका थकाली समुदायका पाँचदेखि १३ वर्षमुनिका छेवार गरिसकेका कुमारलाई कुमार यात्रामा सहभागी गराउने चलन रहेको थाक क्षेत्रका संरक्षक हेमन्त गौचनले बताउनुभयो । 

उहाँका अनुसार चारचनमा जन्मिएका छोराहरु कुमारयात्रा ९स्योपेन० मा सहभागी भएपछि भगवान् नरिच्होबको आशीर्वादले जीवनका लागि सक्षम र योग्य भएको सांस्कृतिक मान्यता पाउँछन् । 

परापूर्वकालमा जंगलमा शिकार खेल्न गएका थकाली समुदायका युवाले मृगलाई मार्न खोज्दा नरिच्योहब देवता प्रकट भई नर्साङ भन्ने ठाउँमा लैजाने अनुरोध गरेअनुसार सो स्थानमा गुम्बा बनाई राखेपश्चात् गाउँमा अनिष्ट नहोस् भनेर पूजाआजा गर्ने र थकाली पुरुषले चुडाकर्म गरेपछि १३ वर्ष नपुग्दै अनिवार्य कुमारयात्रामा सहभागी हुने चलनको शुरुवात भएको स्थानीय अगुवाको भनाइ छ । 

स्योपेनमा सहभागी कुमारले टुकुचेको चोकोपानीमा स्नान गरेर नर्साङ गुम्बामा नरिच्योहेब देवताको पूजाआजा गर्ने, आफन्तजनबाट आशीर्वाद लिने, देवताको पूजाआजा गर्ने र थकाली भाषामा गीत गाउँदै बाजागाजासहित गाउँ परिक्रमा गरेर लार्जुङमा पुगेपछि घोडा चढेर राक्षसको चित्रलाई तिर हान्ने चलन छ । 

कुमार यात्रामा सहभागी हुन देश, विदेशबाट थकाली कुमार कोवाङमा आएका छन् । १३ वर्षीय छोरालाई स्योपेनमा सहभागी गराउन अमेरिकाबाट आएका मनोज भट्टचनले परम्परालाई निरन्तरता दिन फालोमा सहभागी भएको बताउनुभयो । 

कुमारहरु थकाली भाषाको गीत गाएर थकाली पहिरनमा सजिएर नाचगानका साथै लामाले कोतघरमा पूजाआजा गर्छन् । तीन दिनसम्म यो पर्व मनाउने चलन छ । फालोको पहिलो दिन कोवाङका छ गाउँले सांस्कृतिक झाँकी प्रदर्शन गरेका थिए । 

फालो पर्व सञ्चालन गर्नका लागि थकाली सेवा समितिले स्थापना गरेको अक्षयकोषबाट थाक सातसय क्षेत्रका मुखियालाई आर्थिक सहयोग गरेको छ । अक्षयकोषको ब्याजबाट मुखियालाई रु एक लाख ३१ हजार सहयोग गरिएको समितिका अध्यक्ष कृष्णकुमारी शेरचनले बताउनुभयो । 

परम्परागत संस्कृतिलाई निरन्तरता दिनका लागि अक्षयकोषको ब्याजबाट फालो पर्व सञ्चालनका लागि सहयोग गर्ने व्यवस्था मिलाइएको समितिका महासचिव नरेशकुमार तुलाचनले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह