२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बिहिबार प्रधानमन्त्री देउवा पुलको शिलान्यास गर्न महेन्द्रनगर आउँदै

२०७४, १४ भाद्र बुधबार १४:०९


भदौ १४, कञ्चनपुर | भदौ १५ गते महाकाली नदीमा बन्ने पुलको शिलान्यास गर्न प्रधानमन्त्री शेर बहादुर देउवा आउनु हुने भएको छ । 

महाकाली नदीमा झोलुङ्गे पुलको हालको स्थान भन्दा २.५ किलो मिटर माथि र शारदा व्यारेज भन्दा ५.५ किलोमिटर भन्दा तल भिमदत्त नगरपालिकाको वडा नं. १२ ओदालीमा निर्माण गर्न लागेको पुल महाकालीपारी महाकाली नगरपालिका स्थित दोधारा चाँदनी वडा नं. १ सम्ममा ८०० मिटर  चार लेनको पुल बन्न लागेको हो । उक्त पुल सँगै भिमदत्त नगरपालिकाको गड्डाचौकि देखि लिएर दोधारा चाँदनीको मलेरिया नाला सम्म ७.८ किलो मिटर चार लेनको हाइवेरोड र अन्य तिन पुल बन्ने भएको छ । चालु आ.व.०७४/०७५ मा रु ९९ करोडको विनियोजन भएको छ । निर्माण अवधि ३ वर्ष तोकिएको उक्त पुलको सम्झौता ३ अरब २७ करोड ९३ लाख ३४ हजार ४ सय ९१ रुपैया रहेको छ ।

उक्त पुल निमार्ण भए सँगै भारतका ठुला सहरहरु सँग जोडिनुको साथै व्यापार व्यवसाय गर्न पनि सजिलो हुने र महाकाली नगरपालिकामा डाइपोट बन्ने पत्रकार सम्मेलनमा पूर्व भौतिक तथा यातायात मन्त्री रमेश लेखकले बताउनु भयो । 

पत्रकार महासंघको अध्यक्षता आयोजनामा भएको सम्मेलनमा पत्रकार महासघंका जिल्ला अध्यक्ष विष्णु अवस्थीले गनु भएको थियो भने प्रमुख अतिथी पूर्व भौतिक तथा यातायात मन्त्री रमेश लेखक हुनुहुन्थ्यो । सो कार्यक्रममा सञ्चालन पत्रकार महांसघका जिल्ला सचिव अमर बहादुर चन्दले गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो