११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनसंख्यालाई मात्र आधार मान्नु ‘नेता जिताउने उद्देश्यको प्रतिवेदन’

१६ भाद्र २०७४, शुक्रबार ०१:१४

भदौ १६, काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले जनसंख्यालाई मुख्य आधार मानेर तयार पारेको प्रतिवेदनप्रति सत्तापक्ष तथा प्रतिपक्षी दलबाट मिश्रित प्रतिक्रिया आएको छ । 

विपक्षी दलले आयोग सत्ताको प्रभावबाट मुक्त नरहेको आरोप लगाएका छन् भने सत्तारुढले प्रतिवेदन संविधान कार्यान्वयनका लागि एक कदम अगाडि रहेको प्रतिक्रिया दिएका छन् । 

आयोगले प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्र निर्धारण गरी बुधबार सरकारलाई प्रतिवेदन बुझाएको थियो । क्षेत्र निर्धारण गर्दा पहाडलाई अन्याय भएको केही दलको टिप्पणी छ । मधेसवादी दल र थरुहट संघर्ष समितिले प्रतिवेदन तराई/मधेस र थारूको हितमा नरहेको जनाएका छन् ।

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले प्रतिवेदनलाई कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलको आँखाबाट नहेर्न सुझाव दिएका छन् । ‘यो राष्ट्रको दस्तावेज हो’, नेता रिजालले भने, ‘त्यसैले यसलाई राजनीतिक दलको आँखाबाट हेर्नु हुँदैन ।’

छोटो अवधिमा भएको ‘यति ठूलो काम’मा सामान्य त्रुटि, कमीकमजोरी स्वाभाविक भएको उनको तर्क छ । ‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यो प्रतिवेदन कोसेढुंगा हो’, उनले भने ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका नेता राजेन्द्र महतोले मधेसको जनसंख्याअनुसार क्षेत्र निर्धारण नभएको आरोप लगाए । ‘जनसंख्यालाई अस्वीकार गरिएको छ । संविधानसभा निर्वाचनमा जनसंख्याका आधारमा पाएको सिटसमेत यो प्रतिवेदनबाट खोसिएको छ’, नेता महतोले भने, ‘यो बेइमानी हो । मधेसले आधाभन्दा बढी सिट प्रदेशसभा र प्रतिनिधिसभामा पाउनुपथ्र्यो । मधेसले यो कुरा सहज रूपमा पचाउन सक्दैन।’

उनले भने, ‘गैरमधेसीको जनसंख्यालाई समेत ठाउँ-ठाउँमा प्रभावित हुने गरी मिलाइएको छ । मधेसीको बाहुल्यका लागि मधेसीको प्रतिनिधित्व मधेसीले नै गर्ने गरी चयन भएन । यो विभाजनले मधेसको प्रतिनिधत्व हुन सक्दैन ।’

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले क्षेत्र निर्धारणमा केही असहमति रहे पनि आयोगको प्रतिवेदनले संविधान कार्यान्वयन अगाडि बढेको बताए । आयोगले सत्तारुढ दलहरूको दबाबमा प्रतिवेदन तयार पारेको उनको बुझाइ छ ।

‘जनसंख्या र भूगोललाई आधार बनाएर निर्वाचन क्षेत्र बनाउनुपर्ने हो । तर, त्यसो गरेको देखिएन’, उनले भने, ‘पहाडी जिल्लालाई ठूलो अन्याय भएको छ।’

९० र १० को अनुपातले क्षेत्र तय गर्दा मनाङ, मुस्ताङ, तेह्रथुम र मुगु चार जिल्लामा एउटै नरहने देखिन्छ । ती जल्लालाई पनि संविधानकै दायरामा ल्याउनुपर्र्नेमा किन ल्याइएन भन्दै उनले प्रश्न गरे । ‘निर्वाचन क्षेत्र निर्धारण मापदण्डबिनै गरेको देखिन्छ’, उनले भने, ‘तराईकै हिसाबमा काँक्रो क्रस मोडेलमा चिरेको पाइन्छ । यसको उद्देश्य सत्ताउन्मुख नेताहरूलाई जिताउने र अन्यलाई हराउने आधरमा समेत केन्द्रित हुनु हो ।’

समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले समग्रमा प्रतिवेदन ठिकै रहेको प्रतिक्रिया दिए । ‘आयोगले बुझाएको प्रतिवेदनमा केही कुरा अपुग भए पनि समग्रमा ठीक छ’, उनले भने, ‘भूगोलमा ध्यान पुगेजस्तो लागेन ।’ यसले दीर्घकालीन रूपमा असर गर्न सक्ने संकेत उनले गरे ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष रुक्मिणी चौधरीले आयोगले साना दलसँग परामर्श नगरेको भन्दै आक्रोश व्यक्त गरिन् । भनिन्, ‘उपल्ला नेताहरूको राजनीतिक प्रभावबाट आयोग मुक्त हुन सकेन ।’ -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह