भदौ १६, सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १६, सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको "/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

इनरुवा नगरपालिकाका प्रमुख मेहताको गुनासो

१६ भाद्र २०७४, शुक्रबार ०६:५७

भदौ १६, सुनसरी । सुनसरी सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले विपक्षी दलका जनप्रतिनिधिले आफूलाई विकास निर्माणको काम गर्न नदिएको गुनासो गर्नुभएको छ । 

सुनसरी सदरमुकाम इनरुवामा बिहीबार पत्रकारसँग अन्तरसंवाद कार्यक्रमको आयोजना गरेर प्रमुख मेहताले सो कुरा बताउनुभएको हो । 

प्रमुख मेहताले आफू जननिर्वाचित भएपनि आफूलाई सेरेमोनियल (आलंकारिक) झँै विपक्षी दलका जननिर्वाचित प्रतिनिधिले राख्न खोजेको गुनासो गर्नुभयो । उहाँले आफूलाई काम गर्न नदिइएकाले सोचेअनुरुप काम गर्न नसकेको र प्रगतिसमेत हासिल गर्न नसकेको बताउनुभयो । 

प्रमुख मेहताले बहुमतको खेलमा विपक्षी दलका साथीहरुले बहुमतको बलमा आफूलाई ‘पेण्डुलम’ बनाउन खोजेको आरोप लगाउनुभयो । जननिर्वाचित भएपश्चात् पार्टीभन्दा माथि उठेर कार्यसम्पादनलाई बढावा दिनुपर्नेमा विपक्षी पार्टीबाट निर्वाचित जनप्रतिनिधिको कार्यशैलीले गर्दा समस्या उत्पन्न गराएको उहाँले दुखेसो पोख्नुभयो । 

प्रमुख मेहताले कुनै पार्टीको नाम नभने पनि इनरुवा नगरपालिकामा नेकपा (एमाले) को बहुमत भएकाले सो पार्टीतर्फ इङ्गित गर्दै काम गर्न नदिएको बताउनुभयो । 

इनरुवा नगरपालिकाको कार्यपालिका र नगरसभामा एमालेको बहुमत रहेको छ । प्रमुख मेहताले आफू सेरेमोनियल नभई जनताको भोटले निर्वाचित भएर आएको जननिर्वाचित प्रतिनिधि भएकाले अरूले चाहेजस्तो अनुगमन अधिकारीसरह भएर चुप लागेर नबस्ने बताउनुभयो । 

प्रमुख मेहताले आफ्नो भिजन, स्रोत अनि दातृ निकायलाई ल्याउन सक्ने सामथ्र्य भएपनि आफ्नो सोचको कुनै कदर नभएको बताउनुभयो । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता