११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंका लागि अग्रिम बुकिङ खुल्दै, २० किलोबढी सामान बोक्न नपाउने

१६ भाद्र २०७४, शुक्रबार १०:३६


भदौ १६, काठमाडौं । सरकारले दशैंका काठमाडौंबाट देशका विभिन्न जिल्ला जाने सर्वसाधारणका लागि भदौ २२ गतेदेखि अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको छ ।

शुक्रबार यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदौदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन् ।

मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्न लागिएको हो । सरकारले हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम टिकट बुकिङको सुविधा दिइरहेको छ । 

२० किलोभन्दा बढी सामान बोक्न नपाउने

यसैगरी शुक्रबारै बसेको यातायात व्यवस्था विभाग र व्यवसायीको संयुक्त बैठकले दशैंमा यात्रुबाहक बसमा यात्रा गर्ने यात्रुले २० किलोभन्दा बढी तौलको वस्तु बोक्न नपाउने  निर्णय गरेको छ ।

विभागका अनुसार २० किलोसम्म तौलको वस्तु बोक्दा त्यसको भाडा लाग्ने छैन । विभागले २० किलोभन्दा बढी तौलको वस्तु लैजानुपरे कुरियर वा मालवाहक सवारी वा अन्य व्यवस्थाबाट आफ्नो सामान लिने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

त्यस्तै, यात्रुवाहक सवारीले व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि सामान बोक्न नपाउने विभागले जनाएको छ । व्यापारीक तथा व्यवसायीक प्रयोजनका लागि कुनै पनि बस्तु बोकेको पाइए सम्बन्धित सवारीको इजाजतपत्रसमेत खारेज गर्ने विभागले जनाएको छ ।

छतमा धेरै तौलका वस्तु राख्दा दूर्घटना बढेको भन्दै गत वर्ष सरकारले यात्रुवाहक सार्वजनिक सवारीको छत नै हटाएको थियो । तर, उक्त निर्णय हालसम्म कार्यान्वयन भएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह