भदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फ"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फ"/>
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘कमाउ धन्दामा नेपाल आइडल !’ शुक्रबारको कार्यक्रमपछी दर्शकमा आक्रोश

२०७४, १६ भाद्र शुक्रबार १८:४०

भदौ १७, काठमाडौँ | शुक्रबार भएको नेपाल आइडलको कार्यक्रम पछी लाखौँ दर्शकहरु रुष्ट भएका छन् । कार्यक्रम हेरेपछि हजारौंको संख्यामा सामाजिक संजाल प्रयोगकर्ताहरुमार्फत नेपाल आइडल प्रति 'कमाउ धन्दा' भन्दै नकारात्मक टिप्पणी उठाइएको छ । 

हुनत नेपाल आइडलको बिषयलाई लिएर आजसम्म बिभिन्न टिकाटिप्पणी भएका छन् तर शुक्रबारको कार्यक्रममा निर्णायकहरुको निर्णय भन्दै नाटक गरिएको आरोप लगाईएको छ । यसअघिको कार्यक्रममा बटम ३ को नाम भन्दै राम्रो भोट आउनेलाई 'सेभ' भनिदै आएपनि कार्यक्रमको सुरुवातदेखि नै कम भोट आउनेको नाम गोप्य राखिएको थियो । कार्यक्रमको मध्ये भागमा किन बटम ३ को नाम घोषणा नगरिएको भन्ने स्पष्ट पार्ने प्रयास भएपनि अन्त्यमा निर्णायकहरुको समेत 'नो एलिमीनेसन'को निर्णयले शुक्रबारको नेपाल आइडल आयोजकको नाटक भएको आलोचकहरुको विश्लेषण छ । 

शुक्रबारको कार्यक्रममा एक जना बाहिरिने बताईएको भएपनि चारै जनालाई फाइनल चरणसम्म भोट हाल्न पाउने घोषणा गरेपछि नेपाल आइडललाई कतिपयले भोटनै नहाल्न अपिल समेत गरेका छन् । कार्यक्रमको सुरुवातदेखि नै कसको मत कस्तो आएको छ भन्नेसम्म जानकारी नगराउनु र आजको कार्यक्रमबाट एक जना बाहिरिने भन्दै सुरु गरिएको कार्यक्रममा सबैजनालाई फाइनलसम्म भोट हाल्न पाउने निर्णय गरिनुले नेपाल आइडलले भोट मार्फत अझै 'कमाउ धन्दा' जारी राख्न 'नो एलिमिनेशन' को निर्णय गरिएको हुनसक्ने संकेत देखाएको छ । यसलाई कतिपयले पुर्व निर्धारित डिजाइन भनेका छन् भने कसैले 'कतार जान पैसा नपुगेको' भन्दै तीखो अभिव्यक्ति दिएका छन् । 

सामाजिक संजालमा एक जना प्रयोगकर्ताले नसुती-नसुती नेपाल आइडल हेरेको तर अन्त्यमा निकै खल्लो महशुस भएको प्रतिक्रिया दिएका छन् । त्यस्ता अर्का एक जनाले निर्णायकहरुले आफुलाई मन परेको प्रतिष्पर्धी बाहिरिने थाहा पाएर 'नो एलिमिनेसन' घोषणा गरिएको भन्दै आलोचना गरेका छन् । त्यस्तै अर्की एक जना महिलाले फेसबुक मार्फत ३७ लाख भन्दा बढी जनताले दिएको भोटमा नेपाल आइडलले चलखेल गरेको भन्दै आलोचना गरेकी छन् । यी माथिका केहि प्रतिनिधि प्रतिक्रिया मात्र हुन् । समग्रमा शुक्रबारको कार्यक्रमलगत्तै सामजिक संजालमा देखिएको आक्रोशले नेपाल आइडलले आजसम्म बनाएको छवीलाई ह्वात्तै तल झार्ने स्पष्ट संकेत देखाएको छ । 

नेपाल आइडलले कार्यक्रममा 'नो एलिमिनेसन'को निर्णयले लाखौँ भोटकर्ता जनतामा कस्तो छाप पर्न सक्छ भन्ने नबुझी निर्णय गरिदिँदा दर्शक आक्रोशित भएका छन् । अझै यस बिषयमा सनिबार बिहान देखिनै नेपाल आइडल प्रति दर्शकको कस्तो प्रतिक्रिया आउने हो हेर्न भने बाँकी छ । 

हेर्नुस् कस्ता छन् सामाजिक संजालमा प्रतिक्रिया 











प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै