प्रकाश बम/भदौ १७, डोटी ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलायरले निर्वाचन आयोगले आक्रमण शैलीमा आचारसंहिता लगाउदा विकासमा बाधा पुगेको आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रकाश बम/भदौ १७, डोटी ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलायरले निर्वाचन आयोगले आक्रमण शैलीमा आचारसंहिता लगाउदा विकासमा बाधा पुगेको आ"/>

2026-09-19 04:43 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आक्रमण शैलीको आचारसंहिता विकासको बाधक: मन्त्री बलायर


प्रकाश बम/भदौ १७, डोटी ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिर बहादुर बलायरले निर्वाचन आयोगले आक्रमण शैलीमा आचारसंहिता लगाउदा विकासमा बाधा पुगेको आरोप लगाएका छन् ।

नेपाल प्रेस यूनियनले डोटीले शनिवार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बलायरले यस्तो बताउनु भएको हो । आचार संहिताले नै यसरि दिन जाने हो भने ,जनताका समस्या सम्बोधन गर्ने तथा विकास निर्माणका काम गर्ने दिन कहिले आउने यो ठुलो बिडम्बना भएको मन्त्रि बलायर बताए ।

सरकार निर्वाचन आयोग जस्तो जिम्मेबार संबैधानिक अंगले ल्याएको आचारसंहिता मान्दैन भन्ने होईन मन्त्री बलायरले भने,कम्तीमा यसले नागरिकको जनजिवनमा पार्ने असरका बिषयमा छलफल गरिनु पथ्र्यो । उनले आचारसंहिताका बिषयमा सरकार संग छलफल नभएको पनि बताए ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै मन्त्री बलायरले भने, प्रदेश नं ७ मा देशकै ठूला विकास निर्माणका योजनाहरु निर्माण भैरहेकाले अब समृद्धी पश्चिमबाट उदाउने कुरामा दुईमता नभएको बताएका छन् ।

मन्त्री भएपछि पहिलो पटक गृह जिल्ला डोटी पुगेका मन्त्री बलायरले महाकाली नदिमा ४ लेनको पुल निर्माणका लागि सिलन्यास भैसकेकाले यो समृद्धीको पहिलो ढोका भएको बताए । त्यसैगरी कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खा बन्दगाह बनाउनका लागि समेत भारत संग सम्झौता भएको पनि मन्त्री बलायरले बताए । उनले भने,भारतको कलकत्ता बन्दगाहबाट सिधै दोधरा चादनीमा निर्माण गरिने बन्दरगाहमा भित्राउन सकिन्छ । 

त्यसैगरी कैलालीको धनगढीको सिमावर्ती बजार जोड्ने गौरीफन्टा नाकाको स्तर उन्नती गर्नका लागि समेत भारत संग सम्झौता भएको पनि मन्त्री बलायरले बताए । कैलालीको धनगढी बिमान स्थललाई देशकै दोश्रो अन्तराष्टिय बिमानस्थल बनाउनका लागि प्रकृया थालिएको पनि मन्त्री बलायरले खुलासा गरे । यसका लागि मात्रै २० करोड रुपिया आवश्यक पर्ने छ यसमा प्रधानमन्त्री पनि गम्भीर छन् । चाडै काम सुरु हुन्छ । 

त्यसैगरी नेपाल र तिब्बत जोड्ने (बझाङ्ग — ताक्लाकोट )सडक तिन बर्ष भित्र निर्माण गरिसक्ने गरि काम अगाडी बढाईएको बलायरले बताए । मन्त्री बलायरले सडक निर्माणका लागि टेन्डर प्रकृया थालिसकेको बताएका छन् । 

नेपालबाट चिन जोड्ने यो सबैभन्दा छोटो मार्ग बन्ने छ भौतिक पूर्वाधार तथा यातायात तथा ब्यवस्था मन्त्री  बिर बहादुर बलायरले भने, त्यसका लागि बझाङ्गको चैनपुर देखि धुली ताक्लाकोट सडक निर्माणको टेन्डर भैसकेको छ । 

यो सडकको दुरी धनगढीबाट तिब्बतको ताक्लाकोट सम्म ३ सय किलोमिटर मात्रै हुने पनि मन्त्री बलायरले बताए । हिमपातका कारण सडक अबरुद्ध नहोस भन्ने उदेश्यले ताक्लाकोट सडक ३ किलोमिटर सुरुङ्ग मार्ग बन्ने बलायरले बताए । यो सडक निर्माणका लागि बझाङ्गको चैनपुरमा परियोजना कार्यालय समेत स्थापना भैसकेको  छ । 

यो सडक निर्माण भए प्रदेश नं ७ दुईछिमेकी देशलाई जोड्ने ट्रान्जीट प्वाईन्ट बन्ने पनि मन्त्री  बलायरले बताए । त्यसैगरी डोटी जिल्लामा मात्रै २९ वटा पुल निर्माणको प्रकृया लगायत यहाका पर्यटकिय सम्भावना बोगेका योजनाहरुको समेत काम अगाडी बढाईएको पनि मन्त्री बलायले बताए ।

प्रदेश नं ७ को राजधानी दिपायल

अहिले निकै चर्चामा रहेको प्रादेशीक राजधानीको बिषयमा बोल्दै मन्त्री बलायरले प्रदेश नं ७को राजधानी दिपायलमै रहने बताए । राजधानिका  लागि आफु जहिले पनि लागि परेको र दिपायलको बिकल्प अरु नभएको मन्त्रि बलायर पत्रकार सम्मेलनमा बताए हुन ।

त्यस्तै शनिबार डोटी उद्योग बाणिज्य संघ,शैले शैलेश्वरी यातायात लगायतले स्वागत तथा बधाई कार्यक्रम राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई