भदौ १७, काठमाडौँ । संसदका सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीतिक फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताएका छन् । 

शनिबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १७, काठमाडौँ । संसदका सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीतिक फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताएका छन् । 

शनिबार "/>

2026-07-25 01:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीति फोहरी खेल होइन, खेलाडी फोहरी: सभापति राठौर


भदौ १७, काठमाडौँ । संसदका सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीतिक फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताएका छन् । 

शनिबार संवाद डबलीमा ‘रसाईली बन्धु एकता समाज’ आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति राठौरले भने, “राजनीतिक आफैमा फोहरी खेल होइन, राजनीतिककर्मी फोहरी छन् । 

राजनीति विना राज्य र नागरिकको कल्पना गर्न सकिदैन त्यसैले राजनीतिक अनिवार्य छ तर छलछाम र झुटको राजनीति होइन ।” उनले राजनीतिमा असल र योग्य व्यक्तिको खाँचो भएको बताउँदै सेवा, निष्ठा, त्याग नै राजनीतिक अर्थ भएको बताए । 

नयाँ कार्यसमितिलाई धबाई दिँदै सभापति राठौरले जातीय विभेदविरुद्ध लाग्न समाजलाई शुभकामना दिए । कार्यक्रममा सांसद जगदिश्वर नरसिंह केसीले देशमा गणतन्त्र आईसकेका कारण जातकै कारण कसैले हितबोध गर्नु नपर्ने बताए । सबै पार्टीमा आस्था राखेपनि सामाजिक कार्यमा एकजुट भएर लाग्नुपर्ने जोड दिए । 

त्यसैगरी कार्यक्रममा प्रहरी उपरिक्षक डम्बर विश्वकर्मा रसाईली, आरआर क्याम्पसका प्राध्यापक तिलक बहादुर विश्कर्मा रसाईली, चर्चित गायीका जिना रसाईली, पत्रकार टंक पन्तलगायतले समाजलाई रसाईलीहरुको हक अधिकारको लागि दृढतापूर्वक काम गर्न शुभकामना दिएका थिए । 

समाजका अध्यक्ष मणिराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचाल वाटर रसाईलीले गरेकी थिइन् । हालै गठन भएको समाजको कार्यसमितिका पदाधिकारी र सदस्यमा निम्न व्यक्तिहरु रहेका छन् । सहअध्य चित्रबहादुर रसाईली, उपाध्यक्ष मनिषा सुनार रसाईली, महासचिव मेखबहादुर रसाईली, कोषाध्यक्ष शेरबहादुर सुनार, सचिव भीमबहादुर बिक रहेका छन् । 

त्यसैगरी अन्य सदस्यहरुमा अमृत सुनार, जीतमाया विश्वकर्मा, तारा कुमारी विश्वकर्मा, भीमबहादुर रसाईली, महेश कुमार रसाईली, कमल बहादुर विश्वकर्मा र सुरेश बिक रसाईली रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक