2026-07-25 12:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिका संयाेजक भन्छन् – ‘अार्थिक समृद्धिकाे लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक’

प्रज्वल पाैडेल । भदाै १८, काठमाण्डौं । नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टराईले मुलुककाे विकास र अार्थिक समृद्धिकाे लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिकाे व्यवस्था अावश्यकता रहेकाे बताउनुभएको छ । 

नयाँ शक्ति नेपालले राजधानीमा अाईतबार अायाेजना गरेकाे एक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था नहुँदा बाह्य हस्तक्षेप बढेकाे तर्क गर्नुभयाे । 

उहाँले भन्नुभयाे-” मुलुककाे अान्तरिक पक्ष बलियाे बनाउन, स्थिर सरकार, राजनीति स्थायित्व, समृद्धि, र शुशासनकाे लागी कार्यकारी राष्ट्रपति भएमात्र सम्भव छ ।” पहिलाे संविधान सभामा माअाेवादीले राम्राे काम गरेपनि शंका गर्ने वातारण भएकाले सम्भव नभएको भट्टराईले बताए । उहाँले भन्नुभयाे -“प्रचण्ड र वावुराम नै कार्यकारी राष्ट्रपति बन्ने र बहुमतिय शासन प्रणाली नै हटाउने भन्ने साेचेर अन्य दलले पुरा हुन नदिईरहेकाे अवस्थामा प्रचण्डले नै यस विषयमा पछाडि हटेपछि संविधानमा अाउन सकेन । “

भट्टराईले अागामी मंसीरमा हुने निर्वाचनमा सबै दलले याे विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्न अाग्रह गर्नुभयाे । नेपाल अाैधाेगिक क्रान्तिकाे लहर नल्याइ विकासकाे लहर अगाडि बढ्न नसक्ने धारणा राख्नुभयाे ।

नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्थाका लागि माइतीघर मण्डलामा दिउँसो ३ बजेबाट धर्ना कार्यक्रम समेत राखेकाे नेता भट्टराईले बताउनुभयाे ।

कार्यक्रममा काङ्ग्रेस,एमाले, माअाेवादी लगाएतका नेताले समेत प्रत्यक्ष कार्यकारीकाे पक्षमा वकालत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक